नरपिचास बाउद्वारा जन्म दिने छोरीको बला,’त्कार, कार्वाहीको माग गर्दै मुद्धा दर्ता

वीरेन्द्र रावल,

सुखड,साउन ४ ÷आफैले जन्माएकी छोरीलाई बाबुले बलात्कार गर्ला भन्ने कल्पना कसैले गरेका हुन्छन्।

जन्म दिने बाबु आफ्ना छोरी र सन्तानको पहिलो संरक्षक र अभिभावक पनि हो तर त्यसै संरक्षक भक्षक र पिपासु भैदिन्छ भने अव छोरीहरुपनि आफ्नै संरक्षकबाट असुरक्षित छन् भन्ने कुरा अपवादमा परिणत बन्दै जान थालेको छ भने छोरीहरु असुरक्षित पनि बन्दै जान थालेका छन्।

त्यसैमा पनि समाजमा अशिक्षाकोृ कालो बादललाई हटाउनका लागि शिक्षाको ज्योति फैलाउने जिम्मेवारी बोकेका शिक्षक मात्र होईनन् बिद्यालयका प्रधानाध्यापक बाट एउटा छोरीलाई होईन दुई दुई वटा छोरीहरु आफनै बाबुले बिगत डेढ वर्ष देखी लगातार छोरीको बलात्कार गरेको घटना हालै बाहिर आएपछि यसले समाजमा निकै ठ्रलो गलत सन्देश दिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिकामा बौद्धिक वर्गको उपमा पाएका सामुदायिक विद्यालयका प्रधानाध्यापक समेत रहेका एक ब्यक्तीले आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको रहस्य खुलेको हो ।आमा बिगत केही वर्ष देखी बैदेशिक रोजगारीमा रहेको र तत्पश्चात १४ वर्षकी कान्छी छोरीलाई डेढ वर्ष यता लगातार बलात्कार तथा यौन शोषण गर्दै आएको रहस्य खुलेको छ । बालिकाहरु संग घटनाको बारेमा बुझेर फर्किएकी एक महिला अधिकारकर्मीले भनिन् – कान्छी छोरीलाई बिगत डेढवर्ष यता र जेठी छोरीलाई गत मंसिर महिनाबाट जबरजस्ती करणी गर्दै आएको रहेछ।

जेठी छोरीले प्रतिकार गर्न खोजेपछि उनलाई कुनै काममा ब्यस्त बनाउने र कान्छी छोरीलाई जबरजस्ती करणी गर्ने गरेको बालिकाहरुले बताएका छन । महिला अधिकारकर्मीका अनुसार गत असार २९ गते राती जेठी छोरी पर सरेको मौका छोपी १४ बर्षकी कान्छी छोरीलाई कोठामा थुनेर जबरजस्ती करणी गरेको बुझिएको छ ।बाबुको अपराधबारे दुबै बहिनी जानकार भएपछि सल्लाह गरी घर छोडर हिडेको र साथीहरु संगको कुराकानीको क्रममा घटना बाहिर आएको बुझिएको छ ।बाबुले दुबै छोरीलाई बिगत देखी जबरजस्ती करणी गर्ने र कसैलाई भने मार्ने तथा घर निकाला गर्ने धम्की समेत दिदै आएको बालिकाहरुले बताएका छन।

आफ्ना पक्षमा बोल्ने कोही नभएको र बाबुले मार्ने डरले जघन्य अपराध सहेर बस्नु पर्ने बाध्यता रहेको बालिकाहरुको भनाई छ । यसबारेमा गत मंसिरमा आफ्नी हजुरआमालाई जानकारी गराएको भएपनि परिवारमा ज्यान मारेको कुरा त लुकाउछन भनी उल्टै तिमीहरुको पालन पोषणको जिम्मा कस्ले लिन्छ भन्दै डर त्रास देखाएको बुझिएको छ।

बुद्धीजिवी सर्कलमा गनिने बाबुले बिगत देखी कान्छी छोरीलाई बलात्कार तथा जेठी छोरीलाई यौन शोषण गर्दै आएको भए पनि गत असार २९ गते कान्छी छोरीलाई पुनः बलात्कार गरेपछि भने यो घटना बाहिर आएको हो।

नाबालिकाहरुको संरक्षक नहुदा शनिबार मुद्धा दर्ता हुन नसकेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले बताए । उनले भने संरक्षक कोही भएनन् । हामीले स्वास्थ्य परिक्षण गरी आरेक नेपालको जिम्मा लगाएका छौ ।बालिकाका आफन्तहरुले संरक्षणको जिम्मा नलिदा महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) ले संरक्षकको जिम्मा लिई मुद्धा दर्ता गराएको ओरक नेपालकी विनु रानाले बताईन।

स्मरण रहोस् पछिलो समयमा नेपालमा हत्या ,हिंसा र बलात्कारका घटनाहरु धमाधम वृद्धि हुँदै जान थालेका छन् भने अधिकाँश अपराधिक क्रीयाकलापहरु आफन्तबाटै हुने गरेका छन् । जसका काण समाजमा आफन्तबाटै बलात्कार,हत्या,हिंसा लगायतका घटनाहरु हुने प्रति आम सरोकार वाला निकायले सचेतनताका कार्यक्रमहरु विस्तार गर्न जरुरी देखिन्छ। – इनेप्लिज