हेर्नुहोस् साऊन ५ गते सोमबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण ५ गते सोमबार इश्वी सन २०२० जुलाई २० तारीख श्रावण कृष्णपक्ष औंसी तिथी पुनर्वशु नक्षत्र हर्षण योग चतुष्पद करण चन्द्रंमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु दर्शश्राद्ध, सोमवारे औंसी, हलो तथा निशि बार्ने (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजनहरुको साथ सहयोगमा कमि महसुस हुनेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शारिरीक अस्बस्थाका कारण कार्य सम्पादनमा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्यामा राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला ।