१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई ।

आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो । जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल कुशल एरेञ्जर पनि बनिसकेका छन् ।

१० वर्षकै उमेरमा उनको यो प्रगती र लगाव जो कोहीले पत्याउँने खालको छैन । उनले आफ्नै एरेञ्ज र स्वरमा हालै पंख होते तो बोलको कभर गीतको भिडियो सार्वजनिक गरेका छन् ।

बाँकी यो भिडियोमा |