कर्तब्यबोध हुनु भनेको मेरो लागि गौरवको कुरा हो : अपरा थापा भट्टराई

लैंगिक समानता आजको नारा हो।
लैंगिक समानता आजको नारा हो। अझै भनौ यो बिकाशको स्तम्भ नै हो। तर के हामीले यो समानताको अभ्यास पूर्ण रुपमा गर्दै छौ त ? जति हामी प्रचार प्रसारमा जोड दिने गर्छौ । ज्ञान छ तर त्यो ज्ञानको अभ्यास नभए सम्म त्यो त शब्दमा मात्र सिमित हुदैन र ? जुन ज्ञान हासिल गरेर व्यवहारमा उतारे पो त्यसको अर्थ हुन्छ।

चार बर्षको छोराको आमा, युवा सामाजिक अभियन्ता अपरा थापा भट्टराई भन्छिन ,म जन्मेको ठाउँ र एसको बिकाशको लागि म पनि उत्तिकै जिम्मेबार छु जति पुरुषहरु हुनुहुन्छ। यो कर्तब्यबोध हुनु भनेको मेरो लागि गौरवको कुरा हो । जुन मेरो परिवारले मलाई सिकायो रत्यही पृष्ठभूमिमा म हुर्किए। म बुझ्नन सक्छु अधिकांश समाजमा महिलाले प्राथमिक हेरचाहकर्ता भएर काम गर्न कति कठिन छ भनेर। अझ चुनौती थपिन्छ जब बाहिर संसारसंग काँधमा काँध मिलाएर जादै हिड्नु पर्छ ।

हुन त अधिकांश महिलाहरुको लागि महिला हुनुको शान नै बेग्लै छ। अझै भन्नु पर्दा यो त स्वाभिमानको बिषय हो। घरमा पनि उत्तिकै जिम्मेबारी र बाहिर चुनौतीमा प्रतिस्प्रद्धा कति हो कति। यसो भनेर पुरुष प्रतिको सम्मान र जिम्मेबारी प्रश्न चिन्ह लगाउने उद्धेश्य पक्कै हैन। तर पनि जति कर्तब्यबोध महिलामा छ । पुरुषहरुमा पक्कै पनि तुलनात्मक हिसाबमा कम नै भेटिन्छ ।

पुरुषहरुमा पक्कै पनि तुलनात्मक हिसाबमा कम नै भेटिन्छ ।

हामी बुझ्नन सक्छौ अधिकांश समाजमा महिलाले प्राथमिक हेरचाहकर्ता भएर काम गर्न कति कठिन छ भन्ने । अझ चुनौती थपिन्छ । जब बाहिर संसारसंग काँध मा काँध मिलाएर जादा हिड्नु पर्छ।

त्यसैले त होला महिलालाई प्राथमिक हेरचाहकर्ता भनेर घर चलाउनु पर्ने। घर चलाउनु शालीनताको जिन्दगी बिताउनु कुनै सानो कुरा भने होइन। हाम्रो समाजमा महिला लिडर(नेतृत्व )लाई पर्ने चुनौती निकै नै छ। दुई चार अक्षर जानेको महिलालाई त शीर्ष ओहदामा पुग्न धेरै चुनौती पार गर्नु पर्छ । आवाजै निकाल्न नसक्ने महिलाहरुको लागि महिला नेतृत्व जस्तो भारी शब्द बुझ्न त कति कठिन होला । एक पटक हामी अनुमान लगाउ त ?

दुई चार अक्षर जानेको महिलालाई त शीर्ष ओहदामा पुग्न धेरै चुनौती पार गर्नु पर्छ ।

केही कामको नेतृत्व लिएका नारीहरुको लागि आफ्नै सहकर्मी पुरुष साथीहरुले स्वीकार गर्न गाह्रो भएको धेरै सुनिन्छ। यदि एक महिला घर भन्दा कार्यालयलाई प्राथमिकता दिन्छे भने उसलाई असल आमा होइन यो भन्ने गरिन्छ। अझै भनौ घरमा बसेर घरकै काममा व्यस्त रहने महिलालाई यस्मा बाहिर गएर काम गर्ने योग्यता छैन भन्ने पनि गरिन्छ । अघि बढ्ने नदिने ,अनि महिलाहरु तुलनात्मक रुपमा कमजोर हुन्छन भनि महसुस गराई दिने क्रियाकलापले क्षमता भएका महिलाहरुको पनि आत्मबल घट्छ।

सरसर्ती हेर्दा यी कुरा साना जस्ता लाग्छन तर यही मानिसकता बोक्दै जादा महिलालाई व्यावसायिक रुपमा अघि बढ्न, नेतृत्व बोक्ने लक्ष्य हासिल गर्न हतोत्साहित गर्छ।

प्राय :महिलाहरु शालीन हुन्छन र मृदुभाषी हुन्छन । संबेदनशील र सहयोगी हुन्छन। यसको अर्थ यो नलागोस कि महिला नेतृत्व कमजोर हुन्छन ।

प्राय :महिलाहरु शालीन हुन्छन र मृदुभाषी हुन्छन ।

यो त प्रेरणादायक, सहयोगी,संचारक,प्रतिनिधिमुलक,सम्मानजनक र निरन्तर सिक्ने साथ साथै परिवर्तन गर्ने क्षमता बोकेको हुन्छ। पक्कै १० वर्षको तुलनामा केही परिबर्तन आएकै हो । र अर्को दश वर्षमा अझ धेरै परिवर्तन पक्कै आउने छ ।

कुनै पनि समाज अघि बढ्न पुरुषको उत्तिकै भूमिका हुन्छ । मात्र सोच परिवर्तन अनि व्यावहारिक ज्ञानको जरुरत छ । पुरुषलाई पछि पार्नु पर्छ । पछार्नु पर्छ पक्कै भनेको हैन तर समाजमा समानता लिएर आउन सबैको हात र साथको महत्व छ ।
-इनेप्लिज