युरिक एसिड : कसलाई, किन र कसरी हुन्छ ? कसरी बच्ने ? यस्तो छ डाक्टरको सुझाव

बेलाबखत हाड जोर्नी दुख्नु सामान्य हो । बढी शारीरिक श्रम गरेको बेला पनि यस्तो समस्या हुन्छ । तर, सामान्य अवस्थामा हाड जोर्नी दुख्ने समस्या ज्यूँको त्यूँ रहन्छ भने यसको उचित उपचार खोज्नैपर्छ ।

यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ ।

त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।