यी हुन् ब्रेन ट्युमरका सामान्य १० लक्षण | हेर्नुहोस जानकारी लिनुहोस

कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन ? यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ ।

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ ।

विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ । यसैविषयमा हामीले न्यूरो सर्जन डा. सुरेस सापकोटासंग ब्रेन ट्युमरको विषयमा कुराकानी गरेका छौँ । हेर्नुहोस ।