नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को तेश्रो गीत शुक्रवार सार्वजनिक

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका नेपाल आइडल २ को २७ औं एपिसोडमा निर्णायक न्ह्यू बज्राचार्यद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको पहिलो गीत ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक भैसकेपछि हिजो शुक्रवार लोक परिवेशमा आधारित गीत तेश्रो गीतको रुपमा ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरिएको छ ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको यो गीतको एरेन्ज उदय राज पौडेलको र लिरिक्स रमेश दाहालको छ । टीका दाहालको संगीत रहेको उक्त गीतको निर्देशन दीपक आचार्यले गरेका छन भने उत्पादन ब्यबस्थापन नेत्र राउतको छ भने जीवन थापाले संपादन गरेका छन ।

गायक गिरीको स्वर रहेको उक्त म्युजिक भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ । उक्त गीतको भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आस्मा विस्वकर्मालाई फिचरिङ गरिएको छ ।

अर्जुन तिवारीले क्यामराको जिम्मा लिएको यस गीतमा एरेन्जर उदय राज पौडेल, मिक्सिङ अशोक महर्जनको, ड्रोनमा कृष्ण गरीब, मास्टरिङ्ग सन्देश परियारको, मुआमा बिमला तमाङ छन भने आरबी रेकर्डिङ स्टुडियो गीतको लागि प्रयोग गरिएको छ ।

गीत सार्बजनिक गरिसकेपछि गायक गिरीले प्रज्वल गजुरेल, बिनोद भारती, टीका दाहाल, रमेश दाहाल, दीपक प्रसाद आचार्य, उदय राज पौडेल र निशा भारतीलाई सामाजिक सन्जाल मार्फत बिशेष धन्यवाद ज्ञापन गरेका छन ।

लुम्बिनीकपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीलाई तेश्रो गीत सार्वजनिक गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा गीत मार्फत नेपाली सांगितिक दुनियाँँमा अझै बढी सफलता मिलोस भन्ने शुभकामना दिएका छन ।