अनलाइन कक्षा तथा दुर शिक्षा अबिलम्ब संचालन गरियोस : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
कोरोना संक्रमणको माहामारी कहिले अन्त्य हुन्छ भन्ने अनिश्चित छ | विश्वका धेरै देश जसले कोरोना संक्रमण नियनत्रण गर्दै थिए, उनीहरुले स्कुल खोल्दा बालबालिका, शिक्षक हुँदै घरमा रहेका जोखिम बर्गमा कोरोना संक्रमण फैलिएको हुँदा छोंटो समयमै स्कुल बन्द गरे | उनीहरुले यो बर्ष अनलाइन कक्षा वा दुर शिक्षा अपनाएर बिद्यार्थीलाई पढाइरहेका छन् |

नेपालमा सरकारको स्पष्ट धारणाको अभाव, हरेक कुरालाई राजनीतिकरण गर्ने हाम्रो कुसंस्कार तथा संकटमा पनि आफ्नो ब्यापार मात्र हेर्ने अधिकांश स्कुलको लडाइमा अबोध बालबालिका मिचाइमा परेका छन् |
सरकारले सम्बन्धित सबै पक्षसंग बार्ता गरेर अनलाइन कक्षा तथा दुर शिक्षा अबिलम्ब संचालन गर्नुपर्दछ | विद्यार्थीलाई भर्ना गर्ने, पाठ्यक्रम अनुसार पढाउने, समयमा परिक्षा गर्ने तथा गुणस्तरीय पठनपाठनको ब्यबस्था गर्नको लागि मतान्तर हुनु हुँदैन |

भर्ना शुल्क तथा मासिक शुल्कमा कति प्रतिशत छुट दिने भन्ने बिषय ३ पक्ष बसेर निर्णय गर्यो भने बिचमा समस्या आउंदैन |
आम खपतको राजनीति नगरेर अनलाइन क्लास तथा दुर शिक्षा यथाशिघ्र संचालन गरौँ | विद्यार्थीको भविष्य बिगार्ने हामी कसैको पनि अधिकार छैन |

एउटा कुरा नबिर्सौं कि यो पुरै बर्ष स्कुल खोल्न सम्भव नहुन सक्छ | खतरा मोलेर कुनै पनि अभिभावकले आफ्ना बालबालिका स्कुल पठाउने छैनन् | अनलाइन क्लास र दुर शिक्षाको यो बर्ष अर्को बिकल्प नहुन सक्छ |

स्कुलका शिक्षक, कर्मचारी तथा आश्रित परिवारलाई बाँच्न गाह्रो हुने स्थिति ल्याउन हुँदैन | एकार्कासंग आश्रित चक्रलाई तोड्दा सामाजिक बन्धन खुकुलो हुने डर हुन्छ |