ऋषि धमलाकी श्रीमती एलिजा गौतमको महान सोचाइ ,पहिलो गीतबाट पाएको केहि रकम सिन्धुपाल्चोकको बाढी पिडितलाइ सहयोग गर्दै

नेपाली चलचित्र अनुराग बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका एलिजा गौतमले पछिल्लो समय सिन्धुपाल्चोक संगै देशभर गैरहेको बाढी पहिरो पिडित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन।एलिजाले केहि दिन अगाडी लोक गीतमा डेब्यु गरेकी हुन्।उनको दोहोरी डेब्यु नि निकै फाप्यो अहिले उनको गीत युटुब ट्रेनिङमै छ भने भिडियो २ हप्ता न पुग्दै २२ लाख भन्दा बढीले हेरेका छन।उनले उक्त गीतबाट २ लाख पारिश्रमिक पाएकी थिइन।सोहि पारिश्रमिकको केहि रकम बाढी पिडितलाई दिने घोषणा गरेकी हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छिन:
नमस्कार सबैमा,यो समयमा देशभर गैरहेको बाढी पहिरो र यसले पारेको जान धनको क्षेतीले निकै दुखित बनाएको छ,यो बिपतीको घडीमा सबैले सामना गरौ र आफ्नो ठाउँ बाट सक्ने सहयोग गरौ,मैले पनि यो समयमा आफुले सकेको केहि सहयोग गर्ने प्रतिबद्धता गरेको छु,केहि दिन अगाडी बजारमा आएको आधि कपाल बाट मैले पाएको पारिश्रमिकको केहि रकम (५० हजार)सिन्धुपाल्चोकको बाढी पिडित परिवारलाई केहि साहस बढोस भनि सहयोग गर्ने सोचेको छु,त्यहाको अबस्था देखेर निकै मन दुखेको छ त्यसैले एक नेपालीलाई पर्दा अर्को नेपालीलाई सहयोग गर्ने भावना बढाउने कोसिस गरौ ,थोपा थोपा मिलेर सागर बन्छ,सरकारको राहत कुरेर बसेका पीडितले कहिले राहत पाउने थाह छैन बरु हामीले चाडो भन्दा चाडो सहयोग गरौ धन्यवाद ।।