भागवान श्री राम नेपालकै अयोध्या मै जन्मेका हुन भन्ने यि तथ्य ( भिडियो)

प्रधानमन्त्रीले यी कुरा राखिरहँदा, यसलाई फरक ढङ्गले अर्थ लगाइन्छ नै भन्नु भएकै हो, आखिर कुरा भुँइमा पर्दा नपर्दै होहल्ला मच्चाउन सुरू भइसकेको छ । मुलुकका प्रधानमन्त्रीले लहडका भरमा बोलेको होइन, यसभित्र केही दम छ भन्ने कुराको हेक्का राख्नु पर्दछ । जुनसुकै कुरालाई पनि टिप्पणी गर्न हतार नगरी, सतहमा बगेको पानीको बहाव मात्र नहेरी त्यसभित्रको ‘अन्डर करेन्ट’ को आँकलन गर्नु पर्दछराम कथालाई अनुवाद रूपान्तरणका माध्यमबाट नेपाली भाषामा श्लोकबद्ध गरेर अभिव्यक्ति दिई नेपाली जनस्तरमा समेत लोकप्रियता हासिल गर्ने आदिकवि भानुभक्त आचार्यको २०७औं जन्म जयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालकै ठोरी नजिकै अयोध्यापुरीमा भएको हो भन्ने भनाइमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिमा सांस्कृतिक पक्षमाथि आक्रमण भयो भन्नेहरु एकथरी छन् भने अर्कोथरीले राजनीतिक दृष्टिले पनि नेपाल भारतको सम्बन्धमा दुरी बढ्दछ भनेका छन् । यी बहशमा उभिदा वास्तबमा प्रधानमन्त्रीको अभिव्यक्तिको अन्तर्य बुझ्नु जरूरी हुन्छ । सतहबाट यसको यथार्थता प्रकट हुन सक्दैन ।तत्कालीन परिस्थितिमा भारतमा पर्ने अयोध्या र जनकपुर भौगोलिक दूरत्वका कारणले पनि वैवाहिक सम्बन्ध त्यति सहज हुने अवस्था देखिदैन । त्यसैले नेपालभित्रकै अयोध्यापुरीका राम र जनकपुरकी सीताको वैवाहिक सम्बन्ध हुनु हरेक हिसावले सहज र यथार्थपरक देखिन्छ । यसलाई अन्यथा अर्थ लगाएर विषयान्तर गर्न खोजिनु किमार्थ राम्रो कुरा हुँदै होइन ।