अमेरिकाको एटलान्टाबाट नेपालको पबित्र समाज सेवालाई आर्थिक सहयोग

अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा रामु खरेलको नेतृत्वमा काठमाडौँको पबित्र समाज सेवालाई
आर्थिक सहयोगको पहल भएको छ । यसैका लागि उनीहरूले पबित्र समाज सेवाका अधक्ष सुश्री दिक्षा चापागाईलाई हस्तान्तरण गरेका छन् ।

“हामी जतिसुकै बिकसित राष्ट्रमा बसेपनि सबैभन्दा पहिले आफ्नै मातृभूमिको याद आँउछ अनि सँधै परिआएको बेला केही न केहि गरौ र गर्नुपर्छ भन्ने सोच आईरहन्छ। कोरोना महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला यससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले ऐक्यवद्धता जनाउदै “हामीनै संसार हौ ” भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केहि न केहि योगदान दिनुपर्छ भन्ने एउटा पाठ हो यो” सहयोगी राजा घले भन्छन ।

नेपाल यतिखेर लक्डाउनमा छ तर बाँच्नको लागि धेरै नेपालीलाई कठिन छ । प्रत्येक दिन काम गरेर एक छाक टार्ने बाध्यता भएको परिवारलाई यो लक्डाउन लम्बिने हो भने कोभिड-१९ ले भन्दा पनि भोकमारिबाट धेरैले ज्यान गुमाउनुपर्नेछ। भर्खरै मात्र युनिसेफको अनुसन्धानले गरेको एक भबिष्यबाणी अनुसार अबको छ महिनामा नेपालमा चार हजार भन्दा बढी बच्चाहरु भोकमरिबाट मर्नेछन् ।

हामी गैरआवासीय नेपालीहरु पनि जो जहाँ जसरी बसे पनि यसबाट अछुतो छैनौ । र केहि न केहि रुपमा प्रभावित भएका छौ । यो एउटा सानो अभियान हो र सक्ने जतिले आफ्नो मातृभूमिको लागि केही गरौ भन्ने उदाहरण हो !

यस अभियानमा जोडिने सहयोगी हातहरुमा-राजा घले, डा रामु खरेल, डा प्रह्लाद पन्त र दिलिप बानिया रहेका छन् !