‘आज फेरि पँधेरीमा…’ सार्वजनिक : सत्यराजको गीत

काठमाडौं । गायक तथा सर्जक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानलमार्फत आज सार्वजनिक गरिएको हो र अहिले दर्शक हरुले निकै रुचाइ दिनु भाको छ ।

‘आज फेरि पधेंरीमा…’ बोलको गीतमा सत्यराजको स्वर छ ।विष्णु सुवेदीको शब्द रचना रहेको गीतमा संगीत आर.सि. थापाको छ । संगीत संयोजन राजन इशानले गरेका छन् ।

छोडेर गइसकेको प्रेमी–प्रेमिकासँग जोडेर कुरा काट्ने प्रवृत्तिलाई गीतले समेटेको छ । छोडेर जानेको सम्झना र त्यसलाई संगालेर बस्दाको पीडा गीतमा उल्लेख छ।

हेर्नुहोस उक्त भिडियो :