गायिका सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले हाई मेरी पियारी बोलको तीज कोसेली सार्बजनिक (भिडियो सहित)

काठमाडौं । हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ । यसै अवसरमा गायिका सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले हाई मेरी पियारी बोलको तीज कोसेली बजारमा ल्याएका छन् ।

कोरोनाको समयलाई चित्रण गर्दै लोग्ने कोरोना सङ्क्रमित भएका कारण माइत जान नपाएकी चेलीले दिदी बहिनीसँग फोन गर्दै विगतलाई सम्झेको भाव दृश्य गीतमा समेटिएको छ ।

करण न्यौपानेको शव्द तथा संगीतमा रहेको गीतमा एरेन्ज बिपिन आचार्यले गरेका छन् भने सो गीतको म्यूजिक भिडियोको निर्देशन अशोक बिकले गरेका छन् ।उक्त गित लाइ गायिका सृजु अधिकारीकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।