अभिनेत्री एवं समाजसेवी स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडर

काठमाडौं । देशभरका आफ्ना १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएस मेसिनमार्फत् ग्राहकलाई बैकिङ सुबिधा प्रदान गरिरहेको अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको माछापुच्छ्रे बैंकले अभिनेत्री, सफल ब्यबसायी एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैंकको लाजिम्पाटस्थित कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले संझौतापत्रमा हस्ताक्षर गरे ।

अभिनेत्री, समाजसेवी, एबं सफल व्यवसायीका रुपमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ ।

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो पनि हेर्नुहोस :

नायिका स्वेता खड्का लेख्नु हुन्छ : बलात्कारी र भ्रस्टाचारीलाई फाँसी दिईयोस् ..

सुर्खेतकि ४ वर्षिया बालिका बलातकृत भएको यो समाचार सुनेर म नि:शब्द भएकी छु ।
२४ वर्षिया युवकले एउटी अबोध बालिका माथि गरेको यो कु-कृत्यले मेरो मनमा एक प्रकारको आक्रोश, घृणा र क्रोध उत्पन्न गराएको छ । त्यो पापिको गालामा एक चड्कन हानेर क्रोधको यो ज्वालालाई कम गर्ने इक्षा जागेको छ ।

अहिले हाम्रो समाजमा बलात्कारका थुप्रै घटनाहरु देखा पर्न थालेका छन् । ७० वर्षिया बृद्दा देखी ३ वर्षिया बालिकासम्म बलात्कारको शिकार भएको घटनाहरु पढ्दा र सुन्दा अचम्म लागेर आउँछ । दिनानुदिन सिक्षितहरुको संख्या बढ्दै जाँदा यस्ता घिनलाग्दा घटनाहरु पनि बढीरहेका छन् । हाम्रो शिक्षा र संस्कारले के सिकाउँदै छ ?

बलात्कार र भ्रस्टाचारको अपराध एउटै हुन् । बलात्कारीले नारिको अस्मितालाई लुटिरहेको हुन्छ भने भ्रस्टाचारीले पुरै देशको अस्मितामाथी खेलिरहेको हुन्छ । जबसम्म भ्रस्टाचारी र बलात्कारीलाई फाँसीको सँजाए हुन्न तबसम्म यि दुबै अपराध रोक्किने छैनन् । अत: यो संबिधानको धारामा भ्रस्टाचारी र बलात्कारीलाई फाँसी दिने कानुन थप्नको लागि म नेपाल सरकार समक्ष ब्यक्तिगत रुपमा आग्रह गर्दछु । नत्र २४ बर्षिया यि बलात्कारीले २० बर्षको सँजाय मात्र पाउने हो भने उस्ले आफ्नो कैद ४४ बर्षको उमेरमा काटीसक्नेछ र उ रिहा भएर फर्कँदा ४ वर्षिया यी बालिका २४ बर्षको हुनेछिन । अब भन्नुस्, बलात्कारको सँजाय काटेर रिहा भएको त्यो अर्धबैंशे बलात्कारी र २४ वर्षिया ती बलात्‍कृत युवतीले एउटै समाजमा कुन रुपमा जीवन बिताउने ? के यस्तो सँजाय ले अहिलेकी बलात्‍कृत बालिकालाई साँच्चिकैको न्याय मिल्ला ?? अपराध सुहाँदो सँजायको ब्यवस्था गर्न सरकार किन चुकेको ??? यस् प्रती हामी सबैले ध्यान पुर्‍याउने बेला आईसकेकोछ ।

अन्तमा, म सुर्खेतकी ति अवोध बालिका प्रती साहनुभुती बाहेक के नै ब्यक्त गर्न सक्छु र ! यी अबोध बालिकालाई न्याय दिलाउनको निमित्त यौनपिपासु त्यो बलात्कारी युवालाई फाँसीको सँजाय दिएर एउटा नजिर कोर्न सके अन्य बलात्कारीहरुको मनमा डर पैदा हुने थियो र यि अबोध बालिकालाई साँच्चिकै न्याय मिल्ने थियो ।