आजको राशिफल साउन २ गते शुक्रबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल साउन २ गते शुक्रबार ई. सं. २०२० जुलाइ १७, नेपाल सम्बत ११४० दिल्लागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिण्ी नक्षत्र, वृद्धि योग, कौलव करण ।

नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ। बन्दव्यापार राम्रो छ। आर्थिक लगानी बढाउन अनुकूल छ। नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्ेछन। सहयोगीहरूले काममा साथ दिनेछन। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – नयाँ कामको लागि नयाँ अवसर आउनेछ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ। मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ। घरपरिवारमा राम्रो छ। बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मनपर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। बन्दव्यापारबाट लाभ मिल्नेछ। फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ। त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ। बिक्री बट्टा र बन्दव्यापार फाइदा छैन। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ। मिहिनेत गर्नुपर्छ, जे गरेपनि सफलता आर्जन हुने दिन छ। देवालय मठमन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नुपर्ला। नोकरी गर्नेले मानसम्मान पाउनेछन। प्रशासनिक र राज्य पक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउनेछ। कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – भाग्यको मार्गमा अवरोध आउन सक्छ। प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनुभएमा रोकिएको काम बन्न सक्छ। प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन, विचार गर्नुहोला। ढिलै भएपनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ। मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुनेछैन। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ। काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मिष्ठान्न भोजनको अवसर आउनेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुन सक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ। यात्रा लाभप्रद बन्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन। ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन। बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ। मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समयव् यतीत हुनेछ। प्रणय सम्बन्धमा चिसोपन देखिन्छ। सन्तति वा भाइबहिनीका समस्यामा घोरिनुपर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –घरपरिवार भित्रका विविध समस्यामा रुमल्लिनु पर्नेछ। आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ। दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्नेछ। ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन। तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

मीन (द, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नुहुँदैन। बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ। भाइबहिनीले पनि सन्तुष्ट तुल्याउनेछन। भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नुपर्नेछ। दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ।