सेती– महाकाली ईन्चार्ज विप्लव माओवादीका ओम पुन धनगढीबाट पक्राउ साथमा एक पेष्तोल

वीरेन्द्र रावल,

धनगढी, असार ३१÷ सरकारद्धारा प्रतिबन्धीत नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सेती –महाकाली ब्युरो इञ्चार्ज ओम प्रकाश पुन(निर्माण)लाई प्रहरीले विहीबार विहान पक्राउ गरेको छ।

विप्लव नेकपाका पोलिट ब्युरो सदस्य समेत रहेका पुन संगै उहाँकी श्रीमती पूर्णीमा धामीलाई पनि सोही एकै साथ नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको जनाइएको छ।

गोप्य सूचनाको आधारमा खटिईएको विशेष प्रहरी टोलीले खोज तलास गर्दै जाँदा बुधबार बिहान धामी र पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिनु भएको छ । कैलाली प्रहरीका प्रबक्ता बिष्टका अनुसार प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साईकलमा गैरहेको अवस्थामा धनगढी उपमहानगरपालिका – ७ वेली स्थित सडक खण्ड बाट उनीहरुलाई नियन्त्रणमा लिईएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका पुनको हातबाट पुनले बोकेको झोला भित्र कपडामा लुकाई राखेको अवस्थामा थान १ कटुवा पेस्तोल र १ राउण्ड गोली समेत बरामद गरिएको छ।जनाइएको छ।

नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने अभियान अन्तरगत सुदूरपश्चिमबाट पक्राउ पर्नेमा पार्टीको एक मात्र समस्याहरु रहेका छन् ।

पक्राउ परेका पुन र धामीमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका पुनलाई प्रहरीले विगत लामो समयदेखि पिछा गर्दै आएको पनि जिल प्रहरी कार्यालय कैलालीले जनाएको छ।राजनीतिक गतिविधीहरुमा शान्तिपूर्ण तरिकाले काम गर्दै लक डाउनको अवधीभर शान्तिपूर्ण कार्यहरु गर्दै आईरहेको बेलामा नेता कार्यकताहरुलाई पक्राउ गर्ने र यातना दिने लगायतका कार्यहरु हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारले एकलौटी रुपमा माओवादीलाई पक्राउ गर्ने र यातना दिने लगायतका कार्यले सरकारलाईनै चुनौति थपिदै जाने चेतावनी संगठनका केन्द्रिय महासचिव नेत्र बिक्रम चन्दले बताउनु भएको छ।

पनि कैलाली प्रहरीले बुधबार पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ। रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले धनगढीबाट आफ्ना नेतालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न विप्लव समूहले माग गरेको हो।

बुधबार नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले विज्ञप्ति निकाल्दै आफ्ना नेता कार्यकर्तालाई अविलम्ब रिहा नगरे चरणवद्ध प्रतिरोधात्मक संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ।

कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो। उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो। पक्राउ परेका दुवैजना तत्काल रिहाई गर्नुपर्ने सो पार्टीका केन्द्रि महासचिव नेत्र बिक्रम चन्दले विज्ञप्तीमार्फत सरकार समक्ष माग गर्नुभएको छ। – इनेप्लिज