भाग्यवृद्धि कारक तीनखुट्टे भ्यागुतो ! घरमा राख्नुस्, आउनेछ सुखशान्ति र सम्बृद्धि

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, भाग्यवृद्धि कारक तीनखुट्टे भ्यागुतो १ घरमा राख्नुस्, आउनेछ सुखशान्ति र सम्बृद्धि, भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

कमैलाइ थाहा भएको कुरा हो, चिनियाँ वास्तुशास्त्र फेंगशुई घरमा सुख–शान्तिकायम राख्ने उपायकालागि प्रसिद्ध छ । त्यसो त, चीनमा फेंगशूई प्रति मानिसहरु धेरै विश्वास पनि गर्छन् । घरमा सुख–शान्ति कायम राख्न फेंगशूईमा कयौं उपाय बताइएको छन् । हामी आज विशेष उपाय अपनाउदाँ तपाईको घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा आउँछ भन्ने विषयमा विशेष जानकारी दिने छौँ ।

विशेषतः चिनियाँ वास्तुशास्त्र फेंगसुईमा तीनखुट्टे भ्यागुतोलाई अत्यन्त भाग्यशाली मान्ने गरिन्छ । त्यसमा पनि मुखमा सिक्का च्यापेको तीनखुट्टे भ्यागुताको मूर्ति घरमा राख्दा घरको वातावरण सुखद् हुन्छ भन्ने मान्यता रहेको छ। तीनखुट्टे भ्यागुतोलाई घर भित्र मुख्यद्वारको छेउछाउ राख्नुपर्छ । यसलाई भान्सा वा स्नान गृह भित्र वा छेउछाउ राख्नु हुँदैन । यसो गरिए दुर्भाग्य बढ्छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्