राम सीता र अयोध्या नेपालका बनाइनु पर्छ।

ए पोख्रेल,
१. दशरथ, राम, सीता, अयोध्या नेपालका बनाइनु पर्छ । अयोध्या, राम, सीता अहिलेको नेपाल भित्र पर्छन् भने जस्तै महाभारतमा उल्लेख गरिएका थुप्रै स्थानहरू तथा पात्रहरू पनि नेपाल भित्र पर्ने देखिन्छ।

२. बरु नेपाल सरकारले एउटा अध्यन टोली गठन गरेर, के कस्तो अंश वा पूरा हिस्सा सम्बन्धमा एउटा श्रेस्ता तयार पारेर (प्रतिवेदन), त्यो अनुसारको संरचनाहरु निर्माण गर्नु राम्रो हुन्छ होला । त्यसको लागि बरु केही बजेट समेत व्यवस्था गरी तुरुन्तै विज्ञ टोली घोषणा गर्नु ठीक हो ।

३. पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व रहेका स्थानहरूको समेत एकैपटक विकास तथा संरक्षण हुन्छ । अयोध्या प्रेमी नेपालीले नेपालमै अयोध्या जान पाउँछन् !

४. नक्कली लुम्बिनी निर्माण गर्नेहरूलाई थोरै भए पनि कुटनैतिक जवाफ मिल्छ । त्यो दिनु आवश्यक भएको थियो ।

५. विश्वलाई बुद्ध तथा लुम्बिनीको महत्व धेरै छ । राम अयोध्याको मतलब छैन पनि । त्यसैले परराष्ट्र मन्त्रालय मार्फत “राम तथा अयोध्या” सम्बन्धमा विज्ञति आउनु सही होइन । आउनु हुँदैन थियो । नेपालले एकपटक फेरी गल्ती गरेको छ ।

६. जबर्जस्ती ओलीलाई कमजोर देखाउने प्रयासले गर्दा, घुमाएर नेपालको कार्यकारी प्रमुखको बोलीको महत्व कम पारिएको छ ।

७. लुम्बिनीको सम्बन्धमा अर्थात् बुद्धको जन्म थलोको बारेमा खुले आम झुटको खेती गरिरहेको भारत सामू “राम तथा अयोध्या” सम्बन्धमा पिएम ओलिको भनाइ अझै सामान्य हो विश्वको नजरमा । युरोप पुगेर मोदी आफैले बुद्ध इन्डियामा जन्मेका हुन् भनेर खुलेआम घोषणा गरेको धेरै वर्ष भएकै छैन । नेपाल सरकार तथा यहाँको हिन्दू धर्मका नाममा रहेका संघ संस्था ले किन त्यो कुराको प्रतिवाद गरेनन् ?

८. बुद्ध भारतमा जन्मिएका हुन् भनेर धमाधम नक्कली लुम्बिनी को निर्माण सकिन सकिन लागेको छ उता इंडिया भन्ने देशमा । विश्वका थुप्रै देशहरूमा योजना बद्द रूपमा यसको प्रचार भइरहेको छ । बुद्ध भारतमा जन्मिएका हुन् भनेर । नेपालले कहिले प्रस्न गरेको छ भारत सरकारसँग ? नेपालका बुद्धिस्टहरुले संस्थागत रूपमा कहिले प्रस्न गरेर भारतीय विदेश मन्त्रालयले विग्यती निकालेको छ ? छैन !

९. विश्वलाई जति बुद्ध तथा लुम्बिनीको महत्व छ, त्यसको तुलनामा “राम तथा अयोध्या” को बारेमा केही मतलब छैन । यो त केबल केही हिन्दूहरूको लागि मात्र हो महत्व रहेको । आफ्नो रीतिथिति, संस्कृति तथा त्यो संग सम्बन्धित विषयहरू मा पिएम ले लिनु भएको चासो एकदमै सही छ र बरु हामीले त्यो दिशामा केही पाइलाहरु अगाडि बढाउन आवश्यक छ । कम्तीमा पनि पिएम ले विषय उठान गर्नु एक पाइला अघि बढ्नु हो । आगामी दिनहरुमा अध्यन तथा खोजी कार्य अवश्य बढ्दै जाने छ ।

१०. ओलिको एक बोलीले मोदीको राजनीति धराप मा परेको थियो तर फेरि बचाउ भएको छ । भारतीय जनता पार्टीले “राम, सीता, अयोध्या र हिन्दू” गरेर जम्मा चार शब्दको राजनीति गरेर फरक विचारका धर्मालम्वी माथि सांघातिक हमला गर्दै गरेर अहिले भारतीय सत्ता कब्जा गरेको छ ।

११. त्यही ठेट कुरामाथि जब प्रस्न खडा भयो नेपालको तर्फबाट तब विजेपि तिलमिलायो । अनि शायद भयानक दबाब दिएको होला ओलीलाई र पररास्ट्र मन्त्रालय बिग्यती निकाल्न बाध्य भएको होला ।

१२. नेपालीहरुको मौलिक संस्कृतिमाथि ठूलो अतिक्रमण मात्र होइन, ठाडो हस्तक्षेप समेत गर्ने गरेको पाइन्छ । त्यो कुराको प्रतिवाद को प्रतिनिधित्व ओलीले गरेर राम्रो नजिर स्थापित गरे । अब योजनाबद्ध रूपमा नेपालले राम अयोध्या अर्थात् यो सम्बन्धी अनुसन्धान गराई एउटा विस्तृत जानकारी प्रस्तुत गर्नु पर्छ नेपाली जनता सामु । अनि त्यही अनुसारका संरचनाहरु ।
अस्तु ।
ए पोख्रेल ।