‘पातली’ तीजगीत दर्शकमाझ सुपरहिट भय पछि ‘पातली २’ सार्बजनिक : कला लम्साल

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका कला लम्सालले पनि फेरि अर्को यस वर्ष पनि नया तीजको ‘पातली २’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘पातली’ तीजगीत दर्शकमाझ सुपरहिट नै भएको थियो । शिव हमालको लय तथा शब्द मा निर्माण गरिएको यस उक्त गित लाइ गायिका कला लम्सालकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

लम्साल भन्छिन पछिल्लो बर्ष निकै नै रुचाएको उक्त गित फेरि पनि पातली २ लेउन संक्षम भय भनेर उनि बताउछिन । गीतमा गायिका कला लम्साल र दिपासा बीसीको नृत्य रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छन । गायिका कला लम्सालकै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक ‘पातली २’ तिज कोसेली हेर्नुहोस ।