समिक्षा अधिकारी र नरेश खातीको तीज गीत ‘ए आम्मै मयाकै पिरले’ (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ । पछिल्लो समय माया मारेर चर्चा मा आएको गित का गायक नरेश खाती को नया तिज गित सार्बजनिक भएको छ । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् । लाखौं श्रोताको मन जित्दै चर्चामा रहेका लोकगायक तथा सर्जक नरेश खातिको तीजका गीत ‘ए आम्मै मयाकै पिरले’ तिज गित ले धेरै को मन जितेको छ ।

चर्चित गायिका समीक्षा अधिकारी र नरेश खातिको आफ्नै आवाजमा रहेको गितलाइ नरेश खातिले नै लय तथा शब्द गरेका छन् । सो गीतमा एल्बममा पछिल्लो समयका निकै चर्चित मोडेलहरु धुर्ब हिमाली र उषा उप्रेतीकोले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

हेर्नुहोस उक्त भिडियो :