गायक पशुपति शर्मा र सिता श्रेष्ठले गाएको तीज गीत बजारमा

काठमाडौं – कुनै बेला लोकगीत भन्नासाथ एकथरी मानिस निधार खुम्च्याउँथे, तर अहिले लोकगीतको दायरा फराकिलो भएको छ ।समाजमा गाइने लोकगीतका धारभन्दा पनि फरक धारका गीतहरू गाउने प्रचलन अहिले बढ्दै गएको छ । नेपाली लोकगीतको दायरा फराकिलो बनाउनमा योगदान गर्ने पशुपति शर्मा पनि हुन्, जसले ‘मलाई अमेरिका यहीँ …’ भाकाको गीतबाट नेपाली समाजको विदेशमोहविरुद्ध व्यंग्य कसे । जातीय विभेदविरुद्ध उनले अर्को गीत गाए जुन विवादास्पद बन्न पुग्यो ।

पछिल्लो समय लोकसंगीत क्षेत्रमा चर्चामा रहेका पशुपति शर्मा यतिबेला यतिबेला तिजका गीतहरुमा ब्यस्त छन ।

उनको यो बर्षको पहिलो तिज गीत “लोभी दाई” बजारमा चर्चाको क्रममा छ।यतिबेला उनको यो बर्षको दोश्रो तिज गीत सार्वजनिक भयको छ।

“चट्ट लोकल कुखुरो”बोलको उक्त तिज गीतमा पशुपती शर्मा र चर्चित गायिका सिता श्रेष्ठको स्वर रहेको छ भने शब्द संगीत पशुपती शर्माकै रहेको छ।

बिशेष गरी फरक धारका गीत श्रिजना गर्ने पशुपती शर्माको यो गीतले पनी राम्रो सफलता हात पार्ने देखिन्छ।गीतको म्युजिक भिडियो पनी निकै उत्कृष्ट रहेको छ।

भिडियोमा पशुपती शर्मा,निरु खड्का,निर आले मगर,अस्मिता राना लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन,त्यस्तै छायांकन दुर्गा पौडेल र सम्पादन नविन घर्ती मगरले गरेका हुन्। यो गीतले पुर्ण सफलता पाओस हाम्रो ‘शुभकामना”

हेरौ भिडियो//