सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” मा सन्तोष सबिता र सान्जे यसरी देखिए (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । बिशेष गरेर पुर्बेली गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक सन्तोष बि.सी को सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । बिष्णु बि.सी र सबिता कार्कीको नाममा बजारमा आएको “भुल्ने बानि” बोलको गीतमा सन्तोष सहित करिना सुनारको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गायक सन्तोषले पुबेली गीतहरु मात्र नभई विभिन्न भूभागका गीतमा आफ्नो स्वर भरेर चौतर्फी रुपमा आफ्नो उचाई बढाई सकेका छन् ।

गीतको म्युजिक भिडियोमा अशंख्य दर्शकहरुको मन मस्तिष्कमा डेरा जमाउन सफल मोडल बिष्णु बि.सी को अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । मोडल बिष्णुको साथमा कथा भित्र अनुबन्दित रहेर सबिता कार्की र सान्जे गुरुङ्गको अभिनयले पनि “भुल्ने बानि” बोलको गीतलाई न्याय गरेको छ ।

जिबनको कुनै मोडमा पुगेर यस्तो सम्म हार खाइदियो रहेछ कि, आफुले जिबनभरी संगै बाँच्छु र संगै मर्छु भन्ने कसम खाएर माया गरेको प्रेमिकाबाट अन्ययासै अलगिनु पर्दा र त्यहि बिछोडको दिन गणना गरेको बस्नु पर्दाको पिंडा यस गीतको भावमा भेटिन्छ । गीतलाई लय संजय श्रीपाली र शब्द सागर रेग्मीले भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन गायक स्वयम् सन्तोष बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् । गीतको अडियो तथा म्युजिक भिडियोलाई मन्दिर म्युजिक प्रालिले बजारमा पठाएको हो । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।