लाइभमा दिपकले मागे माफी, भन्छन् ब्राण्ड गिराउन ७५ प्रतिशत फेक आईडी (भिडियो)

दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति विवाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अश्लील तथा तल्लो स्तरमा गाली गलौज गर्नेहरुको लहर नै चलेको छ । यता दिपाश्री निरौलाई डिप्रेसनको सिकार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बिरोध भएपछि कलाकारहरू बिरोध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सुझाव दिन आग्रह गर्न थालेका छन् । दिपालाइ सकारात्मक ढङ्गले सम्झाउन केकि अधिकारी, प्रीयंका कार्की र पुजा शर्माले पनि स्ट्याटस फेसबुकमा पोस्ट गरिन ।

तर, कमेन्टमा धेरै विरोध नै देखिन्छ । आफ्नो फेसबुक आईडिबाट लाईभ आएर दिपकले राजेश हमालको फ्यानहरु संग माफी मागेका छन भने साईवर ब्युरोमा बिझ्दा आफुहरुको टिमलाई गिराउन ७५% गाली भने नक्कली फेसबुक आईडिबाट आएको समेत उनले बताए । अर्थात आफुहरुमाथी साईबर बुलिङ भएको उनले भने । यहि क्रममा दिपक राज गिरि लाईभ आएर माफी माग्दै यसो भने ।

यसअधि दिपकले यो विवादमा २ पटक स्ट्याटस पोस्ट गरे । तर, माफी मागेसकेपछि पनि रोकिनुपर्ने विवादले चरम उत्कर्स रुप लिन थालेपछि उनी लाईभ आएका हुन् । उनी भन्छन् ‘राजेश हमाल महानायक हो वा होईन भनेर टिकाटिप्पणी गर्ने अधिकार हामिलाई छैन, ईन्ड्रस्टीले एउटालाई महानयक मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ । दिपा जिले प्रयोग गरेका शब्दहरू र उहाको बडिल्याङेवेजमा कमजोरी भयो । उहाले शब्द नै मिलाउन सक्नुभएन, त्यो गल्ती हो ।’

यतिबेला दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बिरोध हुन थाल्छ । यता बिरोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बिरोध गर्नेको क्रम रोकिदैन । महानायक विवादमा फसेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । गल्ती महसुस गर्दै माफी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गाली, बिरोध र आलोचना गरिनु अमानवीय हो ।