अर्घाखाँची मिडिया हाउस प्रालीले अर्घाखाँचीडट्कमको नयाँ सम्पादक पदमा सन्तोष कुमार के.सीलाई चयन गर्यो !

स्कटनेपाल संवाददाता

सन्धिखर्क, अर्घाखाँची (स्कटनेपाल ) । अर्घाखाँची मिडिया हाउस प्रालीले अर्घाखाँचीडट्कमको नयाँ सम्पादक पदमा सन्तोष कुमार के.सीलाई चयन गरेको छ ।

अर्घाखाँची मिडिया हाउस प्रालीको कार्यकारी समितीको २ दिन बसेको बैठकले अर्घाखाँचीडट्कमको नयाँ सम्पादक पदमा सन्तोष कुमार के.सीलाई चयन गरेको हो । भौतिक शास्त्रबाट स्नातकोत्तर गरेका के.सी प्रध्यापन पेशा गर्नुका साथै संचार र अनलाइन लगायतका क्षेत्रमा अनुभवी हुनुहुन्छ ।

यस्तै समितीको पुर्ववत रुपमा सस्थापक-प्रधान सम्पादक मेहर सिंह के.सी (शिक्षा र ब्यबस्थापनमा छुट्टाछुटै स्नातकोत्तर), समाचार सम्पादक परराष्ट्र मामिला तथा ब्युरो प्रमुख डिल्लीराज घिमिरे (डिआरजी सुमन), प्रशासनिक व्यवस्थापन तथा ब्युरो प्रमुख दीपक भुसाल, आर्थिक व्यवस्थापन प्रमुख बसन्त बहादुर खड्कालाई चयन गरेको छ ।

यस्तै बैठकले अन्लाईन तथा रेडियो प्रमुखमा केशब पन्थी, काठमाडौं व्यवस्थापन प्रमुख कर्णजङ रायमाझी, सन्धिखर्क प्रतिनिधिमा केशबराज ज्ञवालीलाई चयन गरेको छ ।

साथै बैठकले जिल्लाका सबै पालिका, देशका प्रमुख शहर, विश्वभर प्रतिनिधि चयन, कार्यालय स्थापना गर्दै जाने निर्णय गरेको बताएको छ ।