दिपाश्रीलाइ कडा जवाफ नायिका पूजना प्रधानको : सारा संसारलाई थाह छ नेपालको महानायक को हो भनेर भन्दै मिडियामा आइन (भिडियो)

काठमाडौं । आज भोलि निकै नै चर्चामा आएको बिषय को महानायक ? नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवालमा कला क्षेत्र नै अन्योलमा छ । न कुनै प्रष्ट मापदण्ड, न कुनै प्रक्रिया, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ भन्ने प्रश्न पछिल्लो समय नेपाली कलाक्षेत्रमा खडा भएको छ ।केही दिनयता ‘महानायक’का विषयमा सामाजिक संजालमा निकै चर्चा–परिचर्चा हुँदै आएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमाल महानायक हो र ?’ भन्ने प्रश्न उठाएपछि सामाजिक संजालमा यो विषयले चर्चा–परिचर्चा पाएको हो ।

केहीले अभिनेता राजेश हमाललाई ‘महानायक’ संज्ञा दिँदै आएका छन् । तर दीपाश्री निरौलाले के आधारमा राजेश हमाल ‘महानायक’ भए भन्ने आशयको प्रश्न खडा गरिन् । राजेशको विषयमा प्रश्न उठाएकै कारण उनले निकै चर्काे आलोचना खेप्नु प-यो ।

यसै बीच पछिल्लो समयकी चर्चित नायिका पूजना प्रधानले पनि यसबारे कडा जवाफ दिएकि छिन हेर्नुहोस भिडियो :