चटपटेको बनाउदै गरेका यी ८ बर्षिय नानीबावुहरु मनछुने भिडियो

एउटा ठुलो रुख । रुखमा सानो कार्ड बोर्डमा ठुला अक्षरमा लेखिएको छ, यहाँ चटपटे पाइन्छ । यो स्थान हो, गुल्मीको इस्मा गाउँपालिका–४ मौले पोखराको । रुखको फेदनिर तिनजना बालबालिकाले चटपटे बेचिरहेका छन् । नत उमेरले पाका, नत सिपले पोख्त तर पनि चटपटेको व्यापार चलिरहेकै छ, उनीहरुको । धेरै बालबालिकाहरु लकडाउनले स्कुल जान पाएका छैनन् । यो समयमा उनीहरु घरमै बसिरहेको छन् । तर इस्मा–४ मौलेपोखराका यी बालबालिकाहरु भने चटपटे बनाएर बँेच्दै छन् । बिहान साढे दश बजे उनीहरु दिनहुँ त्यही रुखमुनि आउँछन् । साँझ साढे पाँच बजेसम्म चटपटे बेच्छन् । बाटोमा हिड्नेहरुले उनीहरुले बनाएको चटपटे स्वाद मानि–मानि खाइरहेका छन् ।

भिडियो हेर्नुहोस र सबैले सेयर गर्नुहोस ।।