हट गायिका तथा मोडेल ज्योती मगरले भाबुक हुदै भनिन ‘५/७ बर्ष भयो राम्रो संग सुतेको छैन’ ! (मार्मिक भिडियो सहित)

काठमाडौँ : गायिका तथा हट मोडल ज्योती मगरले आफ्नो फेसबुक वालमा स्टाटस लेखेर आफ्नाे मनाेसामाजिक समस्या व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा आगाडिदेखि नै बोल्न मन भएको भए पनि यसको संवेदनशीलतालाई नबुझ्ने डर भएको बताएकी छन्। उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ , ‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि विभिन्न समाजिक सञ्जालमा धेरैले भन्नुभयो, ‘यदि तपाईँलाई समस्या छ भने म सँग कुरा गर्नुहोस्, म तपाईँसँग छु।’

‘मलाई पनि भन्न मन छ, कति धेरै समस्याहरु छन्, तर म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोख्रेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो बन्यो भने ? समस्या समाधान हुनुको साटो अझै समस्याहरु आयो भने ? सायद मैले मेरो निन्द्रासँग अझ धेरै सम्झौता गर्नुपर्छ होला।’ मगरले आफू ५-७ वर्षदेखि राति राम्ररी नसुतेको बताएकी छन्। त्यसैले उनले सबैलाई आग्रह गरेकी छन्, ‘तपाईँहरु पनि म जस्तै निन्द्रसँग सम्झौता गर्नु भएको छ भने आउनुहोस इनबक्समा दुख सुखको कुरा गरौँ, भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ।’

हेर्नुहोस पुरा भिडियो बास्तवमा को हुन् ज्योति मगर भिडियो सहित ।