ज्यान जाला छोड्दिन नाच्न बरिलै (तिज कोसेली भिडियो सहित)

लोक गायक नरेश खाती नेपाली सांगीतिक क्षेत्रका स्टारनै भएका छन्। नेपाली नारि हरु को बिशेष तिज नजिकिदै रहेको बेला तिज कोसेली पस्केका छन् । यतिखेर तिजको माहोल तताउने गीत ज्यान जाला छोड्दिन नाच्न बरिलै नामक एल्बम बजारमा ल्याएका छन्।

भोक मोरी लागोस् की ,कोरोना आओस् की,ज्यान जाला छोड्दिन नाच्न लगायतका यस्तै-यस्तै मिठास,रंंगीन रोचक,मनोरञ्जनात्मक एवं मौलिक शब्दलाई रसरोगन गरेर गीतलाई बजारमा ल्याइएको छ।

गायक खातिकै शब्द सिर्जनामा बजारमा आएको यस गीति सङ्ग्रहमा स्वयं खाती र चर्चित गायक चन्द्र शर्माले स्वर दिएका छन् भने महिलातर्फ गायिका प्रिया श्रेष्ठको समधुर आवाज रहेको छ।

मौसम हिमालीले निर्देशन गरेको यस सांगीतिक कोशेलीमा अहिलेका चल्तिका मोडल ओबी रायमाझी ,एलिना रायमाझी र लोमश शर्माको बेजोड अभिनय भिडियोमा हेर्न पाइने छ। गीतको बजार ब्यबस्थापन गोरक्ष म्युजिक प्राली मार्फत गरिएको छ।

हेर्नुहोस भिडियो :