राजाको पालामा देशमा जति बिकास भए भन्दै पुर्ब राजा सम्झिन ज्वाला (भिडियो सहित)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई सामाजिक संजालको भित्ता मार्फत स्टाटस लेखी लाखौ दर्शकहरुको कान सम्म पुराउने एक साहसी चेली ज्वाला संग्रौलाले पुर्ब राजा लाई सम्मान पुर्बंक उनको जन्म दिनमा याद गर्दै स्टाटस लेखेकी छन् ।
ज्वाला संग्रौला लेख्नु हुन्छ :

राजाको पालामा देशमा जति बिकास भए , त्यति बिकास अहिलेका बिना मुकुटका छोटेहरुले गरिदिएको भए आज यिनलाई सम्झनु पर्ने जरुरत थिएन होला ! जस्लाई नालायक भनेर घरको न घाटको बनाए यो देशका गद्दारहरुले, देशै निकाला गर्ने सम्मको चुनौति दिए, उनैले देशलाई दुखेको बेला २ करोड सरकारी कोषमा जम्मा गरिदिए ! तर त्यो २ करोड पनि तिनै लुटेराका स्वास्नीको फरिया र छोराको बुलेट बाईकमा गयो , फलस्वरूप क्वारेन्टाईमा गरिबको छोरो राजु पानी पानी भन्दै छटपटिएर मर्यो! यस्को पीडा पनि यिनै ज्ञानेन्द्रलाइ भो..!

अनि म किन उनलाई शुभकामना नदिने ?? तिमी धेरै बर्ष बाँच..! सक्छौ भने फेरि यो देशको शासक भएर बाँच । तिमी फेरि राजा भएर नारायणहिटी आऊ बिलकुल यो मेरो भनाई हैन तर यदि मिल्छ भने यिनै लुटेराहरुले जनताका छोरा मारेर यिनीहरुकै पालनपोषण , भात , सत्ता र भत्ताको खातिर ल्याएको गणतन्त्रमा तिमी जनताको माझबाट राजनेता बनेर आऊ, समर्थन पुरा मिल्ने छ ..!

किनकी बाघ बुढो भएपनि तन्नेरी स्यालले जंगल हाँक्न कदापी सक्दैन ।गुफामा बस्न बाघलाई नै सुहाउँछ ,न कि बाघको छाला ओढेका सैयौं घोर्ले स्यालहरुलाइ ..!
जन्मदिनको धेरै धेरै शुभकामना ..!