बाँदर धपाऊने यस्तो यन्त्र धनकुटाका युवाले बनाए (हेर्नुहोस् भिडियो सहित)

शर्मिला राई, धनकुटा खबर । आफुले लगाएको वाली नाली वाँदरले खाएर सखाप वनाई धेरै स्थानका किसानहरु वसाई सर्न वाध्य भईरहेको वेला धनकुटाको पाख्रीवास नगरपालिका १ सान्नेका युवाहरुले वाँदर धपाउने यन्त्र “वाँदरे तोप” वनाएका छन् । त्यहाँका २५ वर्ष उमेर समूहका युवाहरु गोपाल थापा, दिपक अधिकारी, मजनुदिन खान र मनिषा थापाले वाँदर धपाउने यन्त्र “वाँदरे तोप” वनाउन थालेका हुन् ।

गएको १ हप्ता देखी यो यन्त्र वनाउन थालेका उनिहरुले अहिले सम्म २० थान वनाएको वताएका छन् । वनाईएका सवै यन्त्र विक्रि पनि भईसकेको गोपाल थापाले वताउनुभयो । थापाका अनुसार सो यन्त्र धनकुटा नगरपालिका ७ मा १० थान,ओख्र्रेमा ५ थान सहित अन्य स्थान मानिसले लगेकाछन् । अहिले पनि धनकुटा कै महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिकाको भिरगाउँ, र तेह्रथुम जिल्लाको केही स्थानवाट पनि यसको माग आईरहेको थापाले वताउनुभयो ।

उनिहरुले यो यन्त्र प्रतिगोटा २५ सय रुपयामाँ विक्रि गर्ने गरेकाछन् । महालक्ष्मी नगरपालिकाको लेखनाथ पौडेलको हौसला र सल्लाह अनुसार आफुहरुले यो यन्त्र वनाउन थालेको उनिहरुले वताएकाछन् । पौडेलले यो यन्त्र वनाउन हौसला दिएपछि यसअघि यस्तै यन्त्र वनाईरहेका अन्य स्थानका साथिहरुवाट फोन मार्फत कुरा गरी सिकेर वनाउन शूरु गरेको गोपाल थापाको भनाई छ ।

यो यन्त्र पाईप, लिक्विड, कार्वन लगायतका सामाग्रीबाट वन्ने थापाले वताउनुभयो । यसले वाँदर, दुम्सि, सलह जस्ता जीपजन्तु धपाउन मिल्ने जनाईएको छ । यो यन्त्र ती युवाहरुले वनाउन थाले पछि अव किसाहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ । भिडियोमा हेर्नुहोस्