नायक भुवन केसीले नायिका साम्राज्ञीलाई दिए कानुनी कारवाही गर्ने चेतावनी (भिडियो सहित)

नायक भुवन केसीले आफु विरुद्धको प्रचारवाजी नरोके साइवर र मानहानी विरुद्धको कारवाही गर्ने चेतावनी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दिएका छन् । उनले फेसवुकमा साम्राज्ञीलाई एक पत्र लेख्दै सो चेतावनी दिएका हुन् ।

साम्राज्ञीले केहीदिन देखि सामाजिक सञ्जालहरुमा भुवन केसी विरुद्ध भिडियोहरु पोष्ट गर्दै आएकी छिन् । नायक केसीले आज नै नेपाल चलचित्र कलाकार संघमा पनि साम्राज्ञी विरुद्धमा छानवीनका लागि उजुरी दिएका छन् ।

उनले साम्राज्ञीलाई लेखेको पत्र जस्ताको तस्तै :

डियर साम्राज्ञी, तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्तिप्रति, तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु । करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भइ सुपर हिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता ओड्न पाइन, सुबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि र आज भोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ।
पुरा भिडियोमा हेर्नुहोस :