भ्रममा नपर्न सगुनको आग्रह

वासिंगटन डिसी । नेपाली उद्यमी तथा लगानीकर्ताहरुले शुरु गरेको विश्वस्तरको कम्पनी, सगुन, ले आफ्नो कम्पनीमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि उच्च रहेको भन्दै कुनै पनि भ्रम मा नपर्न सबैलाई आग्रह गरेको छ।

“हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन् । हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् । सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन्,” सगुनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनलाईअमेरिकाको धितोपत्र तथा विनियम आयोग (US Securities and Exchange commission, SEC) बाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त छ र सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको पनि विज्ञप्तिमा जनाइएको छ।

“ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरुमध्ये सगुन पहिलो सुरुवातकर्ता हो । सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ,” विज्ञप्तिमा भनिएको छ।

‘अन्तरक्रिया गर्ने साझा मञ्च’

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो । मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साझा मञ्च (प्लेटफर्म) उपलब्ध गराउन चाहन्छौँ । यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं, कम्पनीले भनेको छ।

“विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ । इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्व बैँक (RBI) द्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ । त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मा दर्ता गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी गराउँदछौँ,” कम्पनीले भनेको छ।

“सुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन । नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठह-याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन् । सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोग (US SEC) बाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो । सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो ।पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पु-याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन,” कम्पनीले भनेको छ।

“हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर राष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ,” कम्पनीले भनेको छ।

सगुनको भनाइ जस्ताको तस्तै:

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो । पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो । यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो । त्यसैले बजारमा सगुन चार वर्षको मात्र भएको छ ।

२. ‘स्टार्ट–अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन । ‘स्टार्ट–अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन । लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत ‘स्टार्ट–अप’ लेख्ने प्रचलन रहेकोछ । ‘स्टार्ट–अप कम्पनी’ ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्दछन् । बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत ‘स्टार्ट–अप कम्पनी’ नै भनिएको पाइन्छ ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन । सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् । डेविट वा क्रेडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन ।

४. सगुनले धितोपत्र तथा विनिम य आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं । सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् । यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेशनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ । जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ । यसैको आधारमा कम्पनीको मूल्याकंन (भ्यालुएशन) मा बृद्धि हुन्छ । सगुन रेगुलेसन ए प्लस (Reg A+ Mini-IPO) अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ । सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ ।

५. स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ । तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ । त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु हुन अनुरोध गर्दछौँ ।

नविनतम सोच र विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको र बामे सर्दै गरिरहेको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिका नेपाली समुदायबाट सकारात्मक र सिर्जनशील सुझाव र सल्लाहको अपेक्षा गर्दछौँ ।

Press Release

Sagoon issues shares as per United States Securities law. We are disappointed by the misleading news published in Nepal

Washington DC, July 2, 2020

We at Sagoon family are deeply saddened by some news that have published misleading information in Nepal and also circulated in social media with ill intention to damage Sagoon’s brand and its goodwill among the general public.

Through this press release, we want to convey our message to all our investors, users, fans and well-wishers around the world, who believe in us and support us, not to engage and entertain these false, fake and misleading information.

We are incorporated in Delaware, USA in full compliance with and instituted by the US Securities and Exchange Commission (SEC). We are also registered in India as Sagoon India Pvt Ltd, and are authorized by the Reserve Bank of India (RBI) to do business in India with unlimited Remittance transactions. We are also registered in Nepal as Sagoon Nepal Pvt Ltd following all the registration requirements designed by Nepal Government, and are authorized by Nepal Rastra Bank (NRB) to do business in Nepal with up to 3 crore NRS remittance transaction and option to increase as needed.

Historically, the general public was not allowed to buy any share (equity) of early-stage US Companies. In 2015, the law changed. Now any company that is qualified their offering by the SEC can sell their share (equity) to the public and raise capital up to $50 million USD annually. Sagoon is one of the few companies that was qualified by the US SEC to raise capital from the public. As we are of Nepali origin, and Sagoon become a first Reg A + (Mini-IPO) company among South Asian diaspora, we are excited to expose this opportunity to partner with the Nepali media to reach out to 5 million Nepali speaking population OUTSIDE OF NEPAL including Bhutan, Darjeeling, Assam, Manipur who would participate in capital formation opportunity which was never ever offered in the past.

Our global mission is to change the way people use social media and interact with it today. We offer our services on iPhone, Android phone, and desktop site for the global users. We have more than 7 million users from 123 countries who use our platform; Nepal, India, and the USA being the top 3 countries. We have more than 4000 investors globally, the majority are from the US, UK, Canada, Australia, and India who have invested more than $6 million from its inception to today.

Our Nepal mission is to bring the remittance into Nepal, create jobs, discover the new innovative business opportunities, share the knowledge and experience we Nepali diaspora have learned over 20 years while residing in western countries like US, Europe, Canada, Australia. We are not in Nepal to harm anyone rather we want to partner with everyone and add knowledge-based economic value in the country.

In best of our knowledge, more than 1 crore 50 lakh people from Nepal use social media today. The international social media companies who are not registered in Nepal and do not even have offices, generate estimated NRS. 22 Arab annually running advertisements on user’s social media page in Nepal. We want this money to stay in Nepal.

Below, we want to provide answer to few points, which are publicly discussed in media, that would help all concerned parties to understand the facts:

1. Domain name of Sagoon was registered in 2006 to protect the name and brand. Our operation started in 2014 and the first website product was launched in Nepal in Oct 2015. So, we are just 4 years old in the market.

2. Let’s not get confused with the term “Start-up”. Start-up is not only used for a recently established company; it is widely used for innovation culture in which people continue to discover the idea and solution, and test the market for mass adoption.

3. We want to assure all that in best of our knowledge; we are not required to register in Nepal Dhito Patra Bazar. Sagoon is conducting online investment under the US securities law, in which people fill out the investment form and invest using a credit card, check and wire transfer which is NOT possible from Nepal.

4. Regarding Sagoon’s financial report filed in SEC, wrong interpretation is propagated in the media with ill intention to mislead the public trust. In general, accounting terms, the fund collected by a company by selling its equities is considered as a loss, but in reality, it is not a loss. Companies invest those funds to develop applications and increase user base which increases the intellectual assets and valuation of the company. Anyone who checks other Reg A+ (Mini-IPO) companies offering and financial report will see similar language like that used for Sagoon.

5. Investment in any company -stable or growth stage- always carries risk. Investing in early-stage companies like Sagoon is always at high risk, and a higher return as well if the company becomes successful. We always encourage interested investors to check the risk factors of Sagoon before deciding to invest in Sagoon.

If you have any questions regarding the information, we mentioned in our press release, please contact us

MEDIA@SAGOON.COM

प्रेस विज्ञप्ति

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनका सम्वन्धमा नेपालका केही सञ्चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति हाम्रो ध्यानार्कण भएको छ ।

सगुनलाईअमेरिकाको धितोपत्र तथा विनियम आयोग (US Securities and Exchange commission, SEC) बाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त छ र सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेकोछ ।

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्व बैँक (RBI) द्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड दर्ता सन् २०१७ गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी गराउँदछौँ ।

सुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन । नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठह¥याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन् ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोग (US SEC) बाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो । सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो ।

नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो । सगुन विदेशमा रहेका लाखौँ नेपालीहरु समक्ष पु¥याउन उत्साहित छ ।

पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पु¥याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन ।

यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं । सो सञ्जाल जोड्नका लागि नेपाली सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो । मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साँझा मञ्च (प्लेटफर्म) उपलब्ध गराउन चाहन्छौँ ।

विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ ।

हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन् । हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् । सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन् ।

नेपालमा कम्पनी स्थापना गरेर क्रियाकलाप गर्नुको उद्देश्य नेपालको रकमलाई विदेशमा पु¥याउनु होइन । बरु विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु, नेपालमा रोजगार सिर्जना गर्नु, व्यवसायका नयाँ र इनोभेटिभ अवसरहरु पत्ता लगाउनु र नेपाललाई आर्थिक सम्बृद्धिका क्षेत्रमा टेवा पु¥याउनु नै हो । साथै अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकहरुमा बर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपाली डायस्पोराले हाँसिल गरेको ज्ञान र अनुभवलाई नेपालको उन्नतिमा साझेदारी गराउनु पनि सगुनको लक्ष हो ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्र्तराष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ ।

ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरु मध्ये सगुन पहिलो सुरुवातकर्ता हो । सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ ।

हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

केही संचार माध्यमा आएका गलत समाचारका प्रकाशित तथ्यहरुलाई निम्न बुँदाहरुमा प्रष्ट पार्न चाहन्छौँ ।

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो । पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो । यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो । त्यसैले बजारमा सगुन मात्र ४ वर्षको मात्र भएको छ ।

२. ‘स्टार्ट–अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन । ‘स्टार्ट–अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन । लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत ‘स्टार्ट–अप’ लेख्ने प्रचलन रहेकोछ । ‘स्टार्ट–अप कम्पनी’ ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्दछन् ।

बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत ‘स्टार्ट–अप कम्पनी’ नै भनिएको पाइन्छ ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन । सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् । डेविट वा के्रडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन ।

४. सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं । सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् । यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेशनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ । जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ । यसैको आधारमा कम्पनीको मूल्याकंन (भ्यालुएशन) मा बृद्धि हुन्छ । सगुन रेगुलेसन ए प्लस (Reg A+ Mini-IPO) अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ । सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ ।

५. स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ । तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ । त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु हुन अनुरोध गर्दछौँ ।

नविनतम सोच र विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको र बामे सर्दै गरिरहेको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिबाट नेपाली समुदायबाट सकारात्मक र सिर्जनशील सुझाव र सल्लाहको अपेक्षा गर्दछौँ ।

सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोलकल्पित झुटा कुराहरु प्रचारप्रसार गरी सगुनका लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आएका सम्पूर्ण समाचारहरुको खण्डन गर्दछौँ ।

अमेरिकीेमा दर्ता भएर नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुन कम्पनीका सम्वन्धमा दुवै देशका नियम कानुन अनुरुप संचालित छ । र भर्खरै सुरु भएको ‘स्टार्ट अप’ कम्पनीको काम गर्ने तरिकाका बारेमा सीमित सूचनामा प्राप्त गरेको भरमा भ्रमपूर्ण जानकारी सम्प्रेषण नगर्न सम्वन्धित सबैमा अनुरोध गर्दछौँ ।

यस्तै सगुनलाई विश्वास र माया गर्नुहुने सम्पूर्ण लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुलाई यस्ता भ्रम र अन्योलमा नपर्न यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं ।

साथै, यदि सगुनका बारेमा केही प्रश्न वा जिज्ञासा छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।

सगुन, वासिन्टन डिसी, अमेरिका
३, जुन २०२०

Contact:
Media@sagoon.com