एलिसा गौतमकी छिमेकी दिदी आइन मिडियामा, के थियो त उनले आ*त्मह*त्या गर्नुको कारण (भिडियो)

दाङ। दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडियो गर्दै आ*त्मह त्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ*त्मह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।

प्रहरीका अनुसार युवतीले फेसबुक लाइभ गर्दै आ*त्मह त्या गरेको खबर मध्यराती १ बजेर २५ मिनेटमा जानकारी पाए पनि घर पत्ता लगाउन मुस्किल हुदा अबेर भै घर पुग्दा उनको मृत्यु युवतीको भैसकेको थियो ।

गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । हाल उनि आफ्नो माइतीमा बस्दै आएकी थिइन । आमाबाबु भने भारतमा काम गर्न गएकोले उनी कोठामा एक्लै बस्ने गरेको खुलेको छ ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।