न्यूयोर्क निवासी ६० वर्षीय नेपाली वृद्धले आफुमाथि वाल्यकालमा यौन उत्पीडन गरेको एक नेपाली युवतीद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक

विजय थापा
डिसी । न्युयोर्कमा ६० बर्षको बृद्ध नेपालीले ६ बर्षकी नेपाली बालिकालाई मिठाई दिई बाल-उत्पीड़न गरेको आरोप किशोरीले सामाजिक संजाल फेसबुक(अनुहार किताव)मा राखे पछि नेपाली समुदायमा तरङ्ग आएको छ । नेपाली समुदायका कान ठाडा भएका छन् । यत्र तत्र चर्चा परिचर्चाको शिखरमा पुगेको छ ।

६ बर्षकी बालिका अहिले किशोरी भएकी छिन् । उनले गत जुन २८,२०२० का दिन आफूले भोगेका र उक्त व्यक्तिले गरेका दुर्ब्यबहार र क्रियाकलाप बारेमा साहसी ढंगले घटना विवरण लेखेकी छिन् । किशोरीले उक्त बृद्धलाई दोष आरोप लगाउदै गर्दा नेपाली समुदाय सदस्यहरुले यादव गौतमलाई गाली गलौज गर्न व्यापक सुरु भएको छ ।

उनलाई आरोप लगाए पछि आरोपित गौतमले किशोरीलाई उनले जवाफ दिएका छन् ।

पुरा भिडियो मा जानकारी सहित हेर्नुहोस :