फेसबुकमा भिडियो लाइभ गरेर युवतीले फालिन् आफ्नै ज्यान (भिडियो सहित)

दिपशिखा शर्मा,
हिजोराती दाङमा घटेको त्रासदीपूर्ण घटनाले स्तब्ध बनाएको छ । सेन्टिमेन्टल गीत बजाएर फेसबूकमा लाईभ गर्दै आत्महत्या गर्ने २१ बर्षिया युवती एलिसा गौतमलाई त्यस्तो के बाध्यता आईपर्यो होला ? यसरी कसैको मुख नहेरी पंखामा झुन्डिएर मृत्युुवरण गर्न पुगिन् ? उनलेे आफ्नो समस्या घर परिवार साथिभाईसँग शेयर गरेको भए शायद आज उनको जीवन बाँच्ने थियो कि ? आफूमाथि आईपरेको पिडा एवं बज्रपात उनले कसैसँग पोख्न सकिनन् । त्यही नै दुर्भाग्य हुनगयो । पिडा र दर्दहरु मनभित्र गुम्स्याएर राख्दाराख्दै शायद उनको हिम्मत टुट्यो । त्यसको एकमात्र समाधान देखियो सुसाईड । जतिसुकै कठिन अवस्था आएपनि बरु समाधानको उपायहरु खोज्नुपर्थ्यो । यसरी आवेगमा आएर एकबारको जुनी यसरी फाल्नुपर्ने थिएन ।

त्यो नै उनको ठूलो भूल हुनगयो । जब जब जिन्दगीमा आफ्नो भन्ने कोहि हुँदैन ,साथ दिने कोहि हुँदैनन् ,चारैतिर ढोका लाग्छ , जिन्दगीका बाटाहरु सबै बन्द हुन्छन् अनि त्यसको एकमात्र विकल्प मान्छेले रोज्छ मृत्यु । परिणामत: आफैंले आफैंलाई यस धर्तीबाट सिध्याउने गर्दछ । बिगतमा भएका आत्महत्याका घटनाले यहि तथ्यलाई उजागर गरेको छ । तथापि यो वास्तविक समाधान भने होइन । मेरो विचारमा दुखसँग हार्ने होइन जुध्ने हो । दुख सुख भनेका एक सिक्काका दुई पाटा हुन् । मानव चोला धारण गरेपछि दुख सुख जो कोहिलाई पनि भैपरी आउने कूरा हो । दुख पर्यो भनेर आत्तिनु हुँदैन ,सुख भो भनेर मात्तिनुपनी हुँदैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि जिन्दगी जिउन, हाँस्न र बाँच्न सिक्नुपर्छ । शायद त्यही नै जिन्दगीको सार हो । काश: एलिसा कान्डमा अब पछुताएर पनि केहि फाईदा छैन । जे नहुनु थियो भैसकेको छ । उनले आत्महत्या गर्नुको कारण बिस्तारै खुल्दै जाला । यस दु:खद घडिमा शोक सन्तप्त परिवारप्रती ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् । मृत आत्माको चिर शान्तिको कामना !
# हार्दिक श्रद्धाञ्जली !