नेपाल स्वयंसेवक संघ कैलाली अध्यक्षमा जनक सुनार ।

कैलाली : नेपाल स्वयंसेवक संघको युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन भएका छन्। आईतवार जनक सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित चयन भएको हो।

युवा संगठनको उपाध्यक्षमा रोहित बिसी, सचीवमा हेमराज धमाला, सह–सचिवमा भुवन तिमिल्सिना , कोषाध्यक्षमा टीका जैशी लगायत ६ सदस्यहरु चयन भएका छन्।

सदस्यहरूमा केपि धमाला, अभिषेक भुल , केशब माझी , तनुजा भट्ट, देब बहादुर बि.क, पुष्पराज ढुंगाना रहेका छन्।

यो एक सामाजिक उद्देश्य बोकेर समाजका सकारात्मक कार्य गर्ने संगठन हो । देशभरका सातै वटा प्रदेशमा र ७७ वटै जिल्लामा यसको बिस्तार भै रहेको छ । हाल यस संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष रहेका छन भने प्रदेश न.७ तथा सुदुर पश्चिम प्रदेशमा प्रदेश संयोजक हिक्मत शाह रहनु भएको छ ।

उक्त संगठनले समाजमा रहेका अन्धविश्वास, कुरितकुसंस्काविरुद्ध आवाज उठाउने अध्यक्ष जनक सुनारले बताउनु भएको छ ।