आफ्ना छोराछोरी लागु पदार्थ दुर्व्यसनीमा फसेको कसरी थाहा पाउने ? दुर्व्यसनमा हटाउन यस्तो गर्नुपर्छ

यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस्- उनीहरु लागुपदार्थको दुव्यर्सनमा फसेका हुन सक्छन्।

पछिल्लो सरकारी तथ्यांक अनुसार १ लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये ७ प्रतिशत महिला छन्। प्रतिवर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ। सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ।