खुमन अधिकारीले गाएको यसपालिको तीज गीत भाइरल

जीवन न्यौपाने, नवलपरासी । विश्वभर कोरोना भाइरस (कोभिड-19) ले महामारीको अवस्था सिर्जना गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासले विश्वका अन्य देशसङ्गै नेपाल पनि बिगत ३ महिना यता लकडाउनमा गुज्रिएको छ । लकडाउनले गर्दा जो कोहिसङ्ग पनि भेटघाटको लागी सहज वातावरण छैन । जसको प्रत्यक्ष असर लोकप्रिय गायक खुमन अधिकारीलाई समेत परेको छ । लामो समय देश लकडाउनले गुज्रिएको अवस्थामा आफ्नी प्रेमिकालाई भेट्न नपाएर गायक अधिकारी छट्पटीएका छन्, जुन छट्पटी उनको वास्तविक जीवनमा आधारित नभई उनले गाएको नयाँ तीजको गीतमा देख्न सकिन्छ । लामो समय कोरोना भाइरसको त्रासले प्रेमीप्रेमिका भेट्न नपाएर आत्तिएर छिट्टै भेट्न आग्रह गरेको भाव समेटिएको तिज गीत सार्वजनिक भएको छ । शिवदर्शन फिल्मसले “कहिलेकाही त भेटम” बोलको तीजको गित सार्वजनिक गरेको हो । जुन तिज गितमा गायक खुमन अधिकारी सङ्गै लोकप्रिय गायिका शान्ती श्री परियारले स्वर दिएकी छन् । गायक अधिकारीकै सङ्गित संयोजन रहेको उक्त गीत बैकुण्ठ महतले लेखेका हुन् ।

उक्त गितको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारीसङ्गै गायक खुमन अधिकारीले अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा उनको नृत्य पनि उत्कृष्ट देख्न सकिन्छ । भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।
उक्त तीजगितको भिडियो ।