यस्तो विडम्बना कसैको नहोस्, विवाहको भिडियोमा आयो हजारौंको श्रद्धाञ्जली (भिडियो)

वुटवल । रुपन्देहीकी अर्पीता पोखरेलको एक वर्ष पनि नहुँदै सिन्दुर पुछिएको छ । सवारी दुर्घटनामा श्रीमान कृष्णबाबु पाण्डेको निधन भएपछि अहिले एक वर्ष अघि युट्युवमा लोड गरिएको उनीहरुको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रुपन्देहीवाट न्युज २४ का लागि काम गर्ने पत्रकार कृष्णबाबुको शनिवार राति आफैले चलाएको बा ७ च ६९५९ नम्बरको कार कार दुर्घटनामा परी निधन भयो ।

विवाह गरेको एक वर्षमै कृष्ण अस्पताएपछि वैवाहिक जिवनको रंगिन दुनिया राम्रोसंग बुझ्न समेत नपाई अर्पीताको जिवनको रंग उडेको छ । युट्युवमा रहेको यो भिडियोले अर्पीताको मन कति कुँडिन्छ होला । कुष्णले आफ्नै नामको युट्युव च्यानलमा विवाहको भिडियो अपलोड गरेका छन् । २७ अप्रिल २०१९ मा अपलोड गरिएको विवाहको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा अधिकांशले अहिले हार्दिक श्रद्धाञ्जली लेखेका छन् ।

पाण्डेको निधनले जिल्लामा कार्यरत पत्रकार शोकमा डुवेका छन् । उनी वुटवलवाल आफ्नो घर तिलोत्तमा जाने क्रममा कार दुर्घटनामा परेका थिए ।

उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल(भैरहवा सडक खण्डको तिलोत्तमा(१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठ’क्कर खाएको थियो। दुर्घटनामा परेर घाइेत उनको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा गुम्भिर घाइेत भएका उनलाई राति नै बुटवलको चौराहा अस्पतालमा लगिएको थियो । चिकित्सकले राति १ वजे नै पाण्डेलाई मृत घोषित गरेका थिए ।

३० वर्षिय पाण्डेको १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए। उनले मैदानमा लरी लरीलै जस्ता चर्चीत गीतमा आफ्नो कला प्रस्तुत गरेका छन् । साथै दशैं गीत पनि चर्चीत छ । उनको अभिनय कला पनि दशैं गीतमा देख्न सकिन्छ । कला, पत्रकारीता र गीत संगीतको क्षेत्रमा लागेका कृष्णको निधनले पत्रकारीता र कला क्षेत्रलाई अपुरणीय क्षती पुगेको छ । शनिवारको न्युज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा प्रस्तोता रवि लामिछाने पनि निकै भावुक भएका थिए । उनले कृष्णको योगदान जहिले पनि सम्झिरहने बताएका छन् ।