अब नेपालमा पनि कोरोना संक्रमितमा औ’षधि परीक्षणको तयारी

काठमाडौं, १६ असार । कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ ।

नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताउनुभयो ।

कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रो’गवि’रुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी ए’ड्समा प्रयोग हुने लोपिनाविर र रिटोनाविर, डेक्सामेथासोन भएको डा. धिमालले बताउनुभयो । १५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बि’रामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको डा. धिमालले बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

यो भिडियो पनि हेर्नुहोस !