भिर्नी झोलाकी गायीका सरस्वतीको तीज गीत बजारमा (भिडियो )

पछिल्लो समय कोरोना भाईरसले विश्व नै आतंकीत पारिरहेको बेलामा नेपाल पनि यसबाट अछुतो रहेन । देशका हरेक व्यपार व्यवसाय देखी मानिसको दैनिकी सम्मलाई यसले प्रत्यक्ष असर पार्यो । तीजको समय नजिक आउन लाग्दा गत बर्ष जस्तो तीज गीत बजारमा सुनीन पाएका छैनन् । गीत संगीतमा समेत यसले नराम्रो असर पार्यो । कोरोनाको कारण यो बर्ष तीन गीतको संख्या घट्ने र सामाजिक बिषयबस्तु र मौलिकता झल्कने गीतहरु आउने अपेक्षा सबैको छ ।
यसै क्रममा पार्वती धितालको शब्द लयमा भिर्नी झोलामा गाउँने गायीका सरस्वती लामिछानेको आवाजमा तीज गीत ‘रेशमले सारी’ बजारमा आएको छ । मौलिक भाका र वर्तमान समय सापेक्ष्य शब्दहरु राखेर गीत बनेको गीतका एरेन्जर तारानाथ आचार्य बताउँछन् । डिजिटर स्टार प्रा.लि. पोखराका संचालक समेत रहेका आचार्य भन्छन्–कोरोनाका कारण काम गर्न असहज भएको छ तै पनि भौतिक दुरी र सुरक्षाका उपायहरु अपनाएर केही तीजका गीतहरु सम्पन्न भएका छन् केही दिनमा बजारमा आउनेछन्’ । रेशमले सारीमा एलिसा तिवारीको नृत्य, गणेश सापकोटाको छायंकन, सुबास अम्गाईको सम्पादन÷रंगसंयोजन रहेको छ भने गीतको निर्देशन तथा कोरीयोग्राफी होम गुरुङले गरेका हुन् ।