सलह बेचेर वुटवलका दुई युवायुवतीले कमाए १ सय ७० रुपैया

काठमाडौं । शनिबार नेपालको पूर्वी क्षेत्रवाट सलह किरा नेपालमा प्रवेश गरेपछि प्रदेश ५ सरकारले सलह किरा मारेर ल्याउनेसं प्रतिकिलो २० रुपैयाको दरले किन्ने घोषणा गर्यो । सलह किरा ब्यवस्थापन कार्ययोजना अनुसार प्रदेश सकरारले यस्तो घोषणा गरेको थियो । सलह किरा निकै ठूलो झुण्डमा हुने भएकाले यसले एकै छिनमा बाली सखाप पार्छ । त्यसैले कृषक चिन्तित भएका छन् ।

तर नेपाल प्रवेश गरेको सलक किराको बथान त्यती ठूलो नभएको भन्दै कृषी विज्ञ र किरा विशेषज्ञले किसानलाई नआत्तिन आग्रह गरेका छन् । प्रदेश सरकारले सलह किरा ल्याउनेलाई प्रति किलो २० रुपैया दिने घोषणा गरेपछि आइतवार बुटवलका एक स्थानिय आफुले जम्मा पारेको सलह किरा बोकेर बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित कार्यालय पुगेका थिए । लक्ष्मीनगरका अच्युत न्यौपानेले वडा नम्बर ४ कार्यालयमा ५ किलो सलह किरा लिएर पुगे ।

उनीसंगै अर्की सविना थारुले पनि साढे ३ किलो सलह किरा बोकेर वडा कार्यालय पुगिन् । बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले सरकारले गरेको घोषणा बमोजिम प्रतिकिलो २० रुपैयाको दरले पैसा उपलब्ध गराइदिनु भनेर उपमहानगरपालिकालाई पत्र लेखिदिए । वडाको सिफारिसअनुसार न्यौपानेले १०० रुपैयाँ र थारुले ७० रुपैया पाएका छन् । फोटो – अमृत गिरि (ताजा खबरबाट)