नेपालमा भित्रिएको सलहले कति क्षती गर्न सक्ला? (भिडियो सहित)

१३ असार, काठमाडौंः नेपालमा आज सलह किराको बथान भित्रिएको छ । बारा लगायतका विभिन्न ठाउँमा यसको बथान आज देखिएको छ । योसँगै कृषि मन्त्रालयले यसलाई लिएर विभिन्न अध्ययन गर्न जुटेको छ ।

सलह किरामाथि भएका अध्ययनका अनुसार सलहको एउटा समुह वा बथानले २५ सय जना मानिस वा १० वटा हात्तिको खाना बराबरको बोटबिरुवा खाने गर्छ । नेपालका कृषि विज्ञहरुका अनुसार नेपालमा आएको सलहले नेपालको बालिनाली सखाप पर्न सक्ने बताउँछन् । कृषि मन्त्रालयका पूर्व सचिव हरि दाहालका अनुसार नेपालमा आएको सहल किरा जुन ठाउँमा बस्छ त्यहाँको बाली सखाप पारिदिन्छ । उनले भने, ‘आगामी दिनमा हावा कतापट्टि चल्छ, त्यसले सलहले कति क्षती पुर्याउने भन्ने थाहा हुन्छ ।’

अहिले नेपालको तराई भेगमा धान रोपिएको छ । त्यस्तै, पहाडी भेगमा मकैको बाली लगाईएको छ । कृषि मन्त्रालयका अनुसार बारा, पर्सा तथा सर्लाही क्षेत्रबाट सलह नेपालमा आएको हुनसन्छ । यस्तो अवस्थामा पहाडमा पुग्छ वा पुग्दैन भन्ने भन्न नसकिने पूर्व सचिव दाहाल बताउछन् । उनी हावा उत्तरबाट दक्षिणतर्फ बहेमा नेपालमा सलहको क्षती कम हुने बताउँछन् ।