नेपाल र भारत बीच वेश्यावृत्तिको सम्बन्ध हो, चेलीबेटीको होइन । : डा. ए पी शर्मा

डाक्टर ए पी शर्मा आफ्नो फेसबुक वालमा यथार्थ पोख्नु भएको छ उहा भन्नु हुन्छ ‘नेपाल र भारत बीच वेश्यावृत्तिको सम्बन्ध हो, चेलीबेटीको होइन’ भनेर लेखिएको लेख को निकै चर्चा भएको छ पुरा लेख पढ्नु होस् ।

१. सत्तरी हज्जार भन्दा बढी सोझा नेपाली चेलीहरुलाई बम्बैंका कोठीहरुमा वर्षौं देखि नारकीय जीवन बिताउन बाध्य गर्ने गराउने नेपाल सरकार र भारत सरकार दुवै हुन् ।

२. उनीहरूको बेच विखनमा नेपाल सरकारका अधिकारीहरु अघोषित रुपमा दलालहरुसंग मिल्ने गरेको कुरा वर्षौं देखि सबै नेपालीहरुलाई थाहा नै छ । अझ आजभोलि त ठूला पार्टीका वरिष्ठ नेताहरुले बेच विखनमा संग्लग्न दलालहरुको संरक्षण गरेको भनेर बारम्बार रूपमा समाचार आइरहन्छ । केही समय अघि मात्र नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको समाचार आएको थियो ।

३. अहिलेसम्म नेपालको कुनै पनि सरकारले ती नेपाली चेलीहरुलाई त्यहाँबाट छुटाएर नेपाल ल्याउने सम्बन्धमा भारतीय सरकारसँग संवाद गरेको समेत सुनिएको छैन ।

४. नेपालमा रहेका नारी मुक्ति वा नारी अधिकारका वा “पितृसत्ता हाम्रो दुस्मन” हो भनेर ठूलो ठूलो स्वर गर्ने ठूला पार्टीहरूका ठूली नेतिहरु समेतले आवाज विहिनहरुको आवाज भएर संसद वा बाहिर बोलेको र लेखेको सुनिएको छैन किन होला ?

५. के उनीहरूलाई भारतीय सरकारले आफ्नो देशको नागरिकता दिएर ती कोठीहरुमा राखेको हो ? के नेपाल सरकारले कहिल्यै उनीहरूलाई नागरिकता देऊ भनेर भारतसँग कुरा गरेको सुन्नु भएको छ ? के उनीहरूको उद्दार गर्ने समाचार सुनिएको छ ? अहँ, अहिलेसम्म सरकारी स्तरमा सुनिएको छैन ।

अस्तु । ए पोख्रेल