कोरोना भाइरसका बिरामीहरुसंग अमेरिकामा अग्रपंक्तिमा काम गर्ने डा प्रकाश श्रेष्ठले निकाले सन्देशमूलक भिडियो

नेपाल काठमाडौँ लैनचौर घर भै हाल अमेरिकाको टेक्सस राज्यमा स्वास्थ्यकर्मीको रुपमा काम गर्दै र कोरोना भाइरसका बिरामीहरुसंग अग्रपंक्तिमा संलग्न हुदै आएका डा प्रकाश श्रेष्ठले नेपाली समुदायको लागि सन्देशमूलक भिडियो(श्रब्य दृश्य) निकालेका छन् ।

चिकित्सक श्रेष्ठ संक्रमण(सरुवा)रोग बिशेषज्ञको साथै सामाजिक अभियन्ता,कबि र लेखक पनि हुन् । कोभिड -१९ सम्बन्धि पटक पटक नेपाली संचार माध्यम र बिदेशी संचार माध्यममा आई रहने श्रेष्ठले यस पटक आफैले तयार गरेको भिडियो(श्रब्य दृश्य) सार्वजनिक गरेका छन् ।

उनलाई कोरोना भाइरस सम्बन्धि अनेकौ जिज्ञाशा आउने हुनाले सबैलाई उत्तर दिन गाह्रो भएकोले उक्त भिडियो सार्वजनिक गरे पछि सबैले खोजेको उत्तर पाउने छन् भन्ने हेतुले उनले भिडियो(सार्वजनिक)गरेका हुन् ।

उक्त श्रब्य दृश्यमा उनले अमेरिकामा कोभिड-१९ को संक्रमण घट्दो गै रहेको अवस्थामा के गर्ने सुझाव दिएका छन् । सार्वजनिक स्थलमा हिड्दा,सामाजिक दूरी कायम गर्नु र अपनाउनु पर्ने कुरा बारेमा जानकारी दिएका छन् । उनले यस रोगको खोप(भ्याक्सिन)न आउदा सम्म यस रोग बाट बच्ने उपाय र सतर्कता अपनाउनु नै सबै भन्दा उत्तम उपाय हुने समेत चर्चा गरेका छन् । र खोप आउन अझ एक डेढ बर्ष लाग्ने बताएका छन् ।

उनले केही समय अगाडी कोरोना भाइरसका बिरामीहरुले गरेका संघर्ष ,रोगसँग जुधेका अनुभूतिलाई कविता मार्फत अद्वितीय रुपमा चित्रण गर्दा उक्त कविता व्यापक भएको थियो ।

उनको यो छोटो भिडियो हेर्न यहाँ थिच्नु होला :