बेलायतमा अलपत्र नेपालीको उद्धारको नाममा भाडादर महँगो बनाइएको भन्दै आक्रोश पोखे विनयले !

विनय अधिकारी, लन्डन

गैर आवासीय नेपाली संघका अभियन्ता विनय अधिकारीले बेलायतमा अलपत्र नेपालीको उद्धारको नाममा भाडादर महँगो बनाइएको भन्दै आक्रोश पोख्नुभएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई सस्तोमा अझ निशुल्क उद्धार गर्नुपर्नेमा उल्टै महँगो भाडादर कायम गरेर लुटतन्त्र मच्चाएको भन्दै अधिकारीले सरकारको कडा शब्दमा निन्दा गर्नुभएको हो ।

अधिकारीले प्रति ब्यक्ती झन्डै २ सय यूरो भन्दा बढी महँगो बनाएर कमिसनको खेलमा सरकारका अधिकारीहरु लागिपरहेको भन्दै सरकारले यस विषयमा गम्भिर भएर छानबीन गर्नुपर्ने बताउनुभयो । सरकारले पटक पटक भाडादर कायम गरेर विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु अझ पीडित भइरहेको भन्दै यसतर्फ पनि सरकोको ध्यानर्कषण गराउनुभएको छ ।

बेलातबाट उद्धार गर्नुपर्ने ४ सय २० मध्ये पहिलो चरणमा यही जुन २४ र २६ का दिन दुईवटा चार्टर फलाईटटमार्फत फर्काइने तयारी भएको बुझीएको छ । तर जजिरा एयरलायन्समार्फत उडान गर्नु र महँगो भाडादर कायम गर्नुको पछि ठूलै कमिसनको खेल रहेको छ । ७ सय पाउण्ड  पर्ने टिकट ९२० पाउण्ड कसरी पर्यो भन्दै अधिकारीले यसको बारेमा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्ने नत्र उद्धारको नाममा भइरहेको लुटतन्त्र टुलुटुलु हेरेर बस्न नसकिने सरकारलाई चेतावनी समेत दिनुभएको छ ।