बिचरा ! जन्मेको ४ दिनमा श्रीमानले बच्चा बेचे भन्दै श्रीमती रुदै मिडियामा ,१५ लाखमा बेचेको आरोप , यथार्थ के हो ? (भिडियो सहित)

झापा । केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् ।

कुमार राईले फेरी अर्को गम्भीर घटनालाइ लिएर मिडियामा आएका छन् । झापा दमकमा बसोबास गर्ने एक दम्पति बिचको यो घटनामा श्रीमानले आफ्नै बच्चा बेचेको आरोप लगाउदै श्रीमती मिडियामा आएकी हुन् । आफ्नो श्रीमानले जन्मेको ४ दिनमा बच्चा बेचिदिएको भन्दै उनले आरोप लगाएकी हुन् । यथार्थ के हो ? उनीसंग गरिएको कुराकानी जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला ।