लद्दाखबाट पछि नहटे भारतलाई धुलो चटाइदिन्छौं ! चिनियाँ सेनाले भन्यो

काठमाडौं । केही दिनदेखि तनाव उत्पन्न भएको सीमा क्षेत्र लद्दाखमा भएको भिडन्तमा भारतले ठूलो क्षे.ति बेहोर्नु परेको छ । भारतीय सैनिक जबर’जस्त सीमा पार गर्न खोजेपछि भएको भि’डन्तमा २० भारतीय सेनाको मृ’त्यु भएको छ ।

लद्दाखको गलवान घाटीमा भएको भि’डन्तमा एक कमाण्डरसहित तीनको घटनास्थलमै मृ’त्यु भएको थियो भने घाइते अवस्थामा रहेका १७ जनाको उपचार नपाएर मृ’त्यु भएको छ । अन्य करिब २० जना बेपत्ता छन् । उनीहरुको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ । भि’डन्त भएको क्षेत्र चीनको नियन्त्रणमा रहेको छ ।

भारतीय सेनाले मंगलबार राति अबेर विज्ञप्ति निकालेरै आफ्नो क्षतिबारे स्वीकार गर्दै चीनतिर पनि हता.हती भएको दाबी गरेको छ । भारती सेनाले घाइते १७ जनाको शून्य डिग्रीभन्दा कम तापक्रम र धेरै उचाई भएकोले मृत्यु भएको बताएको छ ।
चिनियाँ सेनाले भारत जबर.जस्ती सीमा रेखा पार गरेपछि आफूहरुले कार.वाही गरेको बताएको छ । उसले भारती सेना फेरि अगाडि बढे धुलो चटाइदिने चेतावनी दिँदै आफ्नो सीमा रेखामा बस्न भनेको छ ।

यसैबीच जनमुक्ति सेनाका पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् । चिनियाँ संचारमाध्यमका अनुसार चाङ्गले भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ र जानीबुझी चिनियाँ सेनालाई उक्साएर आ’क्रमण गरेकोले झडप भएको बताए ।

लद्दाखमा ४५ वर्ष पछि भारतलाई यति ठूलो क्षेति भएको हो । सन् १९७५ भएको यु’द्धमा भारले नराम्रोसँग हार खाएको थियो । गो’ली नचलाई भएको मुक्का हानाहानमा भारतको यति ठूलो क्षति हुनु भनेको भारतीय सैनिकको कमजोर उपस्थितिलाई देखाएको छ ।

लद्दाखमा यति ठूलो क्षति भएको भारत सरकारलाई १२ घण्टा पछि मात्रै जानकारी भएको थियो । सोमबार राति १२ बजे भएको घटनाको मंगलबार दिउँसो १२ बजे मात्रै दिल्लीले जानकारी पायो ।

-अनलाइन डबली बाट साभार :