सन्सारैभरी के आयो यस्तो विपत्ति बनेर : कविता

प्रज्ञा घिमिरे,
सन्सारैभरी के आयो यस्तो विपत्ति बनेर
खबर सुन्छु बाल र बच्चा गाह्रो भो भनेर
कसरी सुनौ खबर सधैं दुःखले रोएका
आँखा नि आज धमिला भए आँशुले धोएका

दिनभरि काम गरेर माम बिहान साँझको
टुक्र्याउछकि त सपना मेरो मुटुको माझको
काम गर्न जाउ बन्द छ ठाउँ खै अब के गरुँ
भैराछु आज खोलीले बगाइ छोडेको गेगरु

के दशा लागि कुन दिनमा आएँ परदेशको कुनामा
कसरी भनौं भोको पेट मैंले सन्चै छु फोनमा
सङ्कटमा पार्यो विश्व लाई आज काँ पर्नु शरन
जीवन धान्न धौ भयो अब के सक्नु गरन

भन्दैछन् यहाँ आफ्नै देश फर्क कारखानामा बन्द छ
कसरी छाउँ घरको छानो यो मन्ले भन्दछ
कसरी तुल्याउँ लाला र बाला प्यारी को सपना
यै बेला आयो चौतर्फी बिपद् सङ्कट थपन

कोरोना कहर हटेर जाला आकाश खुल्ला नि
दसैं र तिहार घरैमा आउला मखमली फुल्ला नि
भाग्यले बाँचे दसैं र तिहार सँग सँगै मनाउँला
परिस्रम गरि पाखो र बारी हरियो बनाउँला

आशीर्वाद दिनु धैर्यता लिनु दुख को घडीमा
पर्खनु आमा फर्कन्छु अब दुई मैना बढीमा
बाबा र आमा बालबच्चा काखमा प्यारीको साथमा
नव दिन आउला सुख र शान्ति छाउला नि गाथमा

स्वदेश मा बस्दा परिस्रम गर्दा जीवन फूल हो
आएर टाढा विदेशका काँडा कुल्चनु भुल भो ।।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.