दुवै मृ,गौला फे,ल भएकी धनकुटाकी २१ वर्षीया लक्ष्मीलाई २ लाख ६० हजार सहयोग

दुवै मृगौला फेल भएकी आर्थिक अभावको कारण उपचार गराउन नसकिरहेकी धनकुटा १ हिलेकी मृगौला पीडित एक किशोरीलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

धनकुटा १ हिले स्थायी घर भई हाल युके आर्मीमा कार्यरत श्यामसुन्दर योञ्जन तामाङ्ग, सुवास मोक्तान, दिपेन गुरुङ्ग र सुजन मोक्तान लगायतको पहलमा २ लाख ६० हजार रकम जम्मागरी २१ वर्षकी मृगौला पीडित लक्ष्मी वर्देवालाई सहयोग स्वरुप प्रदान गरिएको हो ।

सहयोग रकम धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ्ग, वडा सदस्य लालचन गोङ्गवा,क्षेत्रीय होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, स्थानिय मानवहादुर विक लगायतको उपस्थितीमा हिले वुद्धचोकमा आयोजित एक कार्यक्रमको वीच श्यामसुन्दरका बाबा आमा राम वहादुर र राममाया तामाङ्गले पीडित किशोरीलाई प्रदान गर्नुभएको छ ।

उल्लेखित रकम मध्ये नगद १० हजार पीडित किशोरीको व्यक्तिगत खर्चका लागि किशोरीलाई नै प्रदान गरिएको छ । बाँकी २ लाख ५० हजार रकम किशोरीको दिदीको नाममा लक्ष्मी बैंकमा रहेको खातामा आजै जम्मा गरिएको १ नं वडाध्यक्ष निरेन तामाङ्गले वताउनुभयो ।

बैंकमा जम्मा गरिएको रकम पीडित किशोरी उपचारका लागि मात्र खर्च गर्नेगरी राखिएको उहाँले वताउनुभयो । आफुलाई सहयोग गर्नुहुनेहरुप्रति पीडित किशोरीले धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तो पिडा कसैलाई पनि नपरोस भन्दै अर्घाखाचीबाट बाबा आमा धुरु धुरु रुदै मिडियामा (मार्मिक भिडियो सहित)

काठमाडौँ, खिदिम, अर्घाखाँची पाजिनी गाउपालिक ३ मा बस्दै आउनु भएको र क्षिमेकी को खेती किसानी गर्दै परिवारको जिबिको पार्जन गर्दै आएको यस परिवारमा जीवन मरणको पिडा थपिएको छ ।

पछिल्लो एक महिना अगाडी अचानक ओम बहादुर पोख्रेलको दुवै मृगौला फेल भय पछि यस परिवारमा अध्यारो छाएको छ । पिडीत पोख्रेलको आर्थिक अवस्था कम्जोर भएका कारण सकस भै रहेको उनकी श्रीमती श्याम कलि पोख्रेल रुदै बताउछिन । अहिले काठमाण्डौमा रहेको पाटन हस्पीटलमा उपचार भैरहेको छ । आर्थिक अवस्था कम्जोर भएका पोखेरलले उपचारको लागी सबै नेपाली दाजुभाई संग हात जोडदै आफ्नो जीवन बचाई दिन हुन् आग्रह गर्नुभएको छ। पिडित परिवार संग स्कटनेपाल ले लिएको बिशेष अन्तरबार्ता सबैले हेर्न र सहयोग गरि दिनु हुन अनुरोध गर्दछौ ।

मृगौला पिडित ओम बहादुर पोख्रेल । श्रीमती श्याम कलि पोख्रेल । ठेगाना : Arghakhanchi Padnini Gaupalika 3 Wada Karyalaye Pharsawa । श्रीमती अकाउन्ट : shayam Kali pokhrel । global ime bank arghakhanchi Pokharathok । ac/no 4907010011902 । mobile number 9867727597 . । सके सहयोग गरौ न सके तपाईको एक शेयरले पिडितलाइ नया जीवन मिल्ने छ।

पुरा बिस्तृत जानकारी सहित भिडियो हेरौ शेयर गरौ ।